धोबिनपुरमा सिकल सेलका बिरामीसंग अध्यक्ष आचार्य
जस १८, असोज / बर्दियाको राजापुर नगरपालिका वडा नं ८ धोविनपुरका संस्थापक अध्यक्ष तथा एकीकृत नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटीका अध्यक्ष चिन्तामणि आचार्य दीपेन्द्रले शुक्रबार वडाका ५ जना सिकल सेलका बिरामीसंग भेट गर्नु भयो । वडा भित्र सिकल सेल रोगको उपचार गराई रहेका उनीहरूलाई अध्यक्ष आचार्यले आफ्नी ममतामयी हजुर आमाको सम्झनामा आफ्नै निवासमा फलफूल वितरण गर्नु भयो । अध्यक्ष आचार्यले विभिन्न समयमा बिरामीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र विविध सहयोग पनि गर्दै आउनु भएको छ। (स्रोत: भौंरा टप्पा बुलेटिन)