गेरुवा मा भैंसीको पाडी वितरण गरियो
गेरुवा १९,असार/ बर्दियाको गेरुवा गाउँपालिका वडा न.. ४ मा १३ जना जोखिम पीडित घर परिरवारलाई भैसीको पाडी वितरण गरिएको छ । गेरुवा गाउँपालिकाले पिडित परिवारलाई जिविको पार्जनमा सहज र आयआर्जनमा वृद्धिहोस भन्ने उद्देश्यका साथ एक कार्यक्रम गरी पिडितलाई सहयोग गरेको हो । प्रधानमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा गेरुवा गाउँपालिकाले स्थानीयवासीलाई सहयोग गर्दै आएको गााउँपालिकाका अध्यक्ष जमान सिहं केसीले वताउनु भयो । यस्तै गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयहरुलाई खेलकुद ससामग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थरुनीको अध्यक्षतामा मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत फुटवल, भलिवल, क्रिकेट, ज्यावलिङ थ्रो, सेस, लुडो, ब्याडमिन्टन, लगायतका खेलकुदका सामग्रीहरु वितरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष थरुनीले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको भन्दै खेल खेलेर स्वस्थ हुदै खेलकै माध्यमबाट गेरुवालाई चिनाउन सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा आफ्ना धारण राख्दै विद्यालयले खेल सामग्रीको सदुपयोग गरी खेलको माध्यमबाट...