Posts

Showing posts from January, 2021

इलाका प्रशासन कार्यालय राजापुरको जीर्ण भवन भत्किने खतरा

Image
शक्ति परियार । राजापुर बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालयको २ तले भवन जीर्ण भएको छ । भवनको सिलिङ्गबाट धुलो झर्ने तथा भित्ताहरु चर्केका छन् । कार्यालय प्रमुख सुनिल दत्त ५ दशकभन्दा पुरानो भवनका सिलिङ्ग भत्किने खतरा रहेको भन्दै कर्मचारीहरु भित्र बसेर काम डराउने गरेको बताउँछन् । कोठाहरु साँघुरा भएका कारणले फाइलिङ्ग,स्टोर तथा प्रत्यक्ष सेवाग्राहीलाई सेवा दिन समेत गाह्रो भएको छ । भवनको तल्लो तलामा २ वटा कोठा र १ हल र माथिल्लो तलामा २ वटा कोठा छन् । प्रशासनको नयाँ भवन निर्माण गर्नु पर्नेछ तर कहिलेसम्म बन्ने हो त्यसको कुनै टुंगो नरहेको प्रमुख दत्तले बताए । उनले भने, ‘हललाई २ भागमा विभाजन कोठा बनाउँदा अलिकति सहज भएको छ तर लामो समयसम्म भने काम गर्न सम्भव छैन ।’ इलाका प्रशासन कार्यालय राजापुरले बर्दियाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका (साबिक ११ गाविस) का जनतालाई सेवा गरेको छ ।

राजापुरले बाँड्यो बालबालिकालाई न्यानो कपडा

Image
  शक्ति परियार । राजापुर बर्दियाको राजापुर नगरपालिकाले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।चिसो बढ्दै गएपछि कमैया महिला जागरण समाज नेपालको आर्थिक सहयोगमा नगरपालिकाले १० वटै वडाका ३ वर्ष मुनीका एक सय ८२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । नगर प्रमुख शिवप्रसाद चौधरीले चिसो र शितलहरबाट सबैभन्दा बढि बालबालिका प्रभावित हुने भएकोले न्यानो कपडा वितरण गरिएको बताए ।