बर्दियामा प्रदेश सांसद दिपेश थारु " राजेश " ले अक्सिजन सिलिन्डर संकलन गर्दै, पहिलो दिनमै ९ वटा सिलिन्डर संकलन
शक्ति परियार । राजापुर कोरोना संक्रमणको जोखिम पूर्ण समयमा बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका क्षेत्रमा अक्सिजन ग्यासको अभाव हुन नदिन लुम्बिनी प्रदेश सांसद दिपेश थारु " राजेश " यतिबेला अक्सिजन सिलिन्डर संकलनमा लाग्नु भएको छ । सांसद थारुले सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै व्यापारी,उद्योगी र सहयोगी मनहरुका लागि पछि पुन फिर्ता गर्ने गरी अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन आग्रह गर्नु भएको थियो । मंगलबार राजापुरबाट ६ वटा, त्रिवेणि बजारबाट १ वटा र खैरी क्रेसरबाट २ गरी ९ वटा सिलिन्डर संकलन गरिएको सांसद थारु स्वकिय सचिव रमेश दहितले जानकारी दिनुभयो । कोरोना संक्रमणकालीन समयमा बिरामीहरू यतिबेला अक्सिजन अभावका कारण छट पटाई रहेका बेला यस पछिका दिनमा अक्सिजनको कमी आउन नदिन सांसद थारुले यो कदम चालिएको बताउनु भयो । अक्सिजन संकलनका लागि थप कदम समेत चालिरहेको उहाँले बताउनु भयो ।