संघियता कसैले हल्लाउन सक्दैन : प्रचण्ड
केशव कोइराला जेठ,३०-बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कुमार दाहाल प्रचण्डले देशमा संघीयताको जरा बलियो भएकाले कसैले पनि हल्लाउन नसक्ने बताउनु भयो । बर्दियाको बारबर्दिया ११ बेलभारमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रम पुर्ब पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भयो । ७५३ स्थानीय तहको निर्वाचनले सकारात्मक सन्देश दिएको भन्दै अध्यक्ष दाहालले जनताको जितभएको दाबी गर्नुभयो । संघ र प्रदेशको निर्बाचन मंसिर को पहिलो सातामै हुन्छ अध्यक्ष दाहालले भन्नुभयो तपाइहरु ढुक्क हुनुहोस् । स्थानीय तहमा बर्दियामा माओवादी केन्द्र पहिलो पार्टी हुने अपेक्षा थियो कसरी दोस्रो भयौं समिक्षा गर्ने भन्दै अध्यक्ष दाहालले क्षतिपुर्ती सहित संघ र प्रदेशमा जित हासिल गर्ने दाबी गर्नुभयो ।