Posts

Showing posts from October, 2023

बझाङ केन्द्रबिन्दु भएर लगातार ५ पटक भूकम्प

Image
  बझाङमा मंगलबार दिउँसोदेखि लगातार भूकम्प गइरहेको छ। यो समाचार तयार पार्दासम्म बझाङका विभिन्न स्थान केन्द्रबिन्दु भएर पाँच पटक भूकम्प गइसकेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो पटक अपराह्न ४:३१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसअघि ४:२८ बजे ४.१, ३:४५ बजे ४.१, ३:०६ बजे ६.३ र २:४० बजे ५.३ म्याग्निच्युडकाे भूकम्प गएका थिए। यी भूकम्पहरूको धक्का सुदूरपश्चिमका अन्य केही जिल्लामा समेत महसुस भएको थियो। भूकम्पले बझाङका केही घरमा क्षति पुगेको छ भने कतिपय स्थानमा जमिन चिरा परेको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ। भूकम्पपछि पराकम्पहरू गइरहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।