कांग्रेस नेता पौडेल बर्दियाको बाढी ग्रस्त क्षेत्रको अनुगमनमा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समिक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।
आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्रको अनुगमनमा आउनु भएका नेता पौडेलले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी भित्र अधिनायकवाद र मनपरीतन्त्र मौलाउदै गएको आरोप लगाउनु भयो । लोकतान्त्रिक पद्धतिमा अबतारले शासन गर्न नहुने कटाक्ष गर्दै नेता पौडेलले जनताले आफ्नो शासन आफै गर्नपाउनु पर्ने जिकिर गर्नुभयो । कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेर पार्टी सभापतिलाई सचेत गराइरहेको भन्दै क्रियाशील सदस्यता विवाद चाँडो टुङ्ग्याएर प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । नेता पौडेलले बर्दियाको राजापुरका बाढीग्रस्त क्षेत्रको अनुगमन गर्दै प्रभावित क्षेत्रका पीडितलाई राहतकालागी सरकारलाई र दवाव दिने आश्वासन दिनुभयो ।बाढि प्रभावित क्षेत्रको अबस्थाबारे जानकारी दिदै नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख जन्मजय तिमिल्सिनाले यहाका १ हजार ८ सय प्रभावित परिबारलाइ तत्कालकालागी उचित राहत र कर्णालीनदीको तटबन्धकालागी सरकारले आबश्यक बजेट बिनियोजन गर्नुपर्ने बताउनु भयो । अनुगमनमा केन्द्रिय सदश्य मङल थारु, पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य सन्जय गौतम, प्रदेस सभा सदश्य भुबनेश्वर थारु लगायत सहभागी थिए ।
Comments
Post a Comment