देउसी खेलेर गाउँका ५ सयले वनभोज मनाए
जनता समाचार । राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नं ७ शंकरपुरका युवाहरुले देउसी खेलेर ५ सय जनालाई वनभोज मनाएका छन।
देउसीबाट संकलन भएको ३१ हजार रुपैयाँले शंकरपुर गाउँका झण्डै ५ सय जनालाई बनभोजमा सहभागी गराएपछि गाउँमा तिहारको उल्लास छाएको न्यु युवा क्लबका अध्यक्ष टोप बहादुर सुनारले बताए । क्लबले देउसी बाट संकलित रकमले गाउँमै बनभोज खाने निर्णय गरेपछि उदाहरणिय कार्य गरेको यहाँका जानकारहरूको धारणा रहेको छ।
Comments
Post a Comment