गेरुवाको भांगाबारीमा खानेपानी ट्याङ्की निर्माण
जनता समाचार । राजापुर
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गेरुवा गाउँपालिका वडा नं ४ की सदस्य मोबिला शर्मा पौडेलले काम गर्ने बेला विभिन्न समस्याहरू आउनु सामान्य रहेको भन्दै आउँदा दिनमा गाउँपालिका तथा वडाबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यस्तै नेपाली कांग्रेस गेरुवा गाउँपालिका प्रतिनिधि महेन्द्र चौधरीले ट्याङ्की निर्माणमा आफूले व्यक्तिगत सहयोग गरेको र आउँदा दिनहरूमा पनि पार्टी तथा व्यक्तिगत सहयोग गर्ने बताए।
कार्यक्रमका विशिष्ट अतिथि मायुस् बर्दियाका अध्यक्ष शशीराम विकले स्वस्थ जीवन जीउनका लागि स्वच्छ पानी पिउन जरुरी भएको भन्दै खानेपानीलाई पहिलो प्राथमिकता दिदैं आएको बताए ।
मानपुर युवा समाज मायुसका टीम लिडर प्रेमलाल थारुले आर्थिक क्षेत्रमा निकै कमजोर यस क्षेत्रमा खानेपानीको विस्तार भएपछि निरोगी जीवन जिउन सहज हुने बताए । पालिकाले ट्याङ्की निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
Comments
Post a Comment