गुलरिया को भन्सार रोड विकासप्रेमी युवाद्वारा सरसफाई
जनता समाचार ,गुलरिया । विकास प्रेमी युवा समूहले गुलरिया बजार स्थित भन्सार रोड सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दिया, लाल टाईगर वेकरी एण्ड रिचार्ज कार्ड सेन्टर र मध्यपश्चिम पोलिक्लिनिक एण्ड डाईग्लोष्टिक सेन्टर प्रा.लि. गुलरिया बर्दियाले सहकार्य गरेका छन् ।
जथाभावी फोहर फाल्न या फोहर गर्न बन्द गरौं सकिन्छ सफा गरौ सकिदैन फोहर नि नगरौं भन्ने मूल नारा लिएर सरसफाई अभियान शुरु गरेको विकास प्रेमी युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महिमुद सिद्धिकीले बताए । उनले भने हामीले जिल्ला प्रहरी कार्यालय बर्दिया अगाडी रहेको गणेशमान चोकदेखि भन्सार रोडमा सरसफाई गरेका छौं ।

Comments
Post a Comment