स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग
- Get link
- X
- Other Apps
जनता समाचार । काठमाडाै
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् ।
निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए ।उनका
अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १
वटा ध्यानाकर्षणका निर्णय भएको छ । यही क्रममा आचारसंहिताको उलंघन हुने
गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र
माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण
सोधेको छ । शुक्रबार
हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु
निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र
सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनमा १० हजार ७
सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३
हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध
निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् । मतदान
केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना
कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू आ–आफ्नो मतदानकेन्द्रमा
पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा
राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा
रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११
जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा
मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको
सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार
लगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिई सकिएको र सो
बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ। स्राेत राताेपाटी
- Get link
- X
- Other Apps

Comments
Post a Comment