बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वार लालबिर चौधरी विजयी

जनता समाचार

बर्दिया, मंसीर ७ गते

बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वार लालबिर चौधरी बिजयि हुनु भएको छ । स्वतन्त्रबाट चपाकल(नल्का) चुनाव चिन्हका उम्मेद्वार चौधरी नेकपा माओबादी केन्द्रका उम्मेद्वार सुरेश पन्तसंग १ सय ३५ मतको अन्तरमा बिजय हुनु भएको  हो । 

बर्दिया क्षेत्र नम्बर २ मा खसेको ९२ हजार ४ सय १९ मत खसेकोमा लालविर चौधरीले ..(२६५२०मत पा्रप्त गर्नु भएको छ । उहाँको निकतम प्रतिद्धन्दी नेकपा (माओबादी केन्द्र)का सुरेश पन्तले २६३८४ मत प्राप्त गर्नु भएको थियो । 

लालबिर चौधरी डिल्ली बजार कारागारमा जेल जिवन विताई रहेका रेशमलाल चौधरीको बुवा हुनुहुन्छ । यस क्षेत्रमा   नागरिक उन्मुक्ती पार्टीबाट रेशम लाल चौधरीको उम्मेद्वारि परेको थियो । उम्मेद्वारी खारेज हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उहाँकै बुवा लाइ  स्वतन्त्र नामाकंन नाम दर्ता गराईएको थियो ।

 रेशम चौधरीको उम्मेद्वारी खारेज भएपछि नागरिक उन्मुक्तीले स्वतन्त्र उम्मेद्वार चौधरीको लागि नल्काको लागि समर्थन जुटाउन भरपुर प्रयास गरेको थियो ।

Comments