बर्दियामा राजापुर महोत्सवको तयारी हुँदै
जनता समाचार
राजापुर/समृद्धि बर्दियाको प्रमुख आधार, कृषि पर्यटन व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ बर्दियाको राजापुरमा "राजापुर महोत्सव २०७९" को आयोजना हुने भएको छ। कृषि व्यापार प्रबर्दनका लागि महोत्सवको आयोजना हुने भएको एक समारोहका बीच बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापाले जानकारी गराए ।
राजापुर क्षेत्रमा कृषि,व्यापार,पर्यटन,सांस्कृतिक मौलिकतालाई प्रवर्दन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिई सो क्षेत्रमा पर्यटक भित्राई बर्दिया राजापुर क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ राजापुरमा मिति २०७९ पौष २८ गतेदेखि माघ ८ गतेसम्म माघी पर्वकोे अवसर पारेर महोत्सव आयोजना हुने भएको छ ।


Comments
Post a Comment