बर्दियामा बालक बेपत्ता, खोजी तीव्र
शक्ति परियार
माघ ९, मधुवन / बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्य पटुवा (कुसुम्मा) निवासी एक बालक बेपत्ता भएका छन् ।
गत माघ ५ गते बेलुका ५ बजे देखि १२ वर्षिय बालक रोशन खड्का सम्पर्क विहिन भएका हुन । परिवारको जानकारी बिना घरबाट निस्केका रोशन पछिल्लो २ दिन देखि सम्पर्कमा नआएपछि परिवारजनले खोजी कार्य तीब्र पारेको छ।
रोशनले जय लर्ड बुद्ध पब्लिक स्कूलको ट्रयाक सुट माथि कालो हुट र लेस नभएको जुत्ता लगाएको पारिवारिक स्रोतले जनाएको छ।

Comments
Post a Comment