Posts

Showing posts from April, 2021

"म सबैको आर्थिक समृद्धि हेर्न चाहन्छु"- नगर प्रमुख चौधरी

Image
केशव कोइराला,राजापुर। बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले राजापुरबासी आर्थिक रुपले सक्षम र सबृद्ध भएको हेर्न चाहेको बताउनु भएको छ । जिपिआरएस आइटि सोरुम एन्ड ट्रेनिङ सेन्टरले आज राजापुरमा आयोजना गरेको ३ महिने एड्भान्स सिलाइकटाई तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । जागिर गर्दा निश्चित आम्दानीमा खुम्चिनुपर्ने बाध्यता रहेकाले  व्यवसायवाट ब्याक्ति छिटो आर्थिक रुपमा सक्षम हुने भन्दै नगर प्रमुख चौधरीले तालिमका सहभागीहरु सबैलाई व्यवसाय गर्नु सुझाउनु भयो । बिल्गेटस् र बिनोद चौधरीको उदाहरण दिदै नगर प्रमुख चौधरीले भन्नुभयो“ बिश्वका धनी बिल्गेट्स सानो उद्यम बाट संसारकै धनि बनेका हुन् नेपालका बिनोद चौधरीपनि सानो उद्यम बाट नेपालकै धनी बनेका हुन् । उद्यम गर्नेहरुलाई सहयोग गर्न नगरपालिका पछाडि नपर्ने भन्दै नगर प्रमुख चौधरीले सहयोग गर्न तयार रहको बताउनु भयो । सामाजिक बिकास तथा अनुसन्धान केन्द्र सि एस डि आरको सहयोगमा संचालित ३ महिने सिलाइकटाइ तालिमका सहभागी पुजा चौधरीले आफुहरुले सिकेको सीप व्यवहारमा लागु गर्ने भन्दै आफुहरुले सञ्चालन ...

बदालपुरमा ५ दिने उद्यमशीलता तालिम सुरु

Image
  राजापुर / ५ दिने युवा उद्यमशिलता तालिम शुक्रबारदेखि राजापुर ५ बदालपुरमा सुरू भएको छ । राजापुर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा राम चरण स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको तालिममा ३५ जना युवाहरू तालिममा सहभागी रहेका छन् । कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिव थारूले तालिममा सिकेको सीप व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई अनुरोध गर्नुभयो । कुनै व्यवसाय गर्न चाहाने व्यवसायीलाई आवश्यक सामाग्री समेत उपलब्ध गराउने बताउँदै नगर प्रमुख थारूले यो तालिम उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर थारूले कार्यक्रमको अौचित्यमा माथि प्रष्ट पार्नुभएको थियो । उहाँले आफैंले केही गर्न नसक्ने अरूको भर पर्ने परिपाटी अन्त्य गर्नु पर्ने बताउँदै यस तालिमलाई सबैले लगनशील भएर सिक्न अनुरोध गर्नुभयो । कार्यक्रममा राम चरण स्मृति प्रतिष्ठान नेपालका सदस्य कृपालाल थारूले स्वागत मन्तव्य राख्नुभएको थियोे । प्रतिष्ठानका महासचिव राजेन्द्र चौधरी अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रवेश चौधरीले गर्नुभएको थियोे ।