"म सबैको आर्थिक समृद्धि हेर्न चाहन्छु"- नगर प्रमुख चौधरी
केशव कोइराला,राजापुर। बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले राजापुरबासी आर्थिक रुपले सक्षम र सबृद्ध भएको हेर्न चाहेको बताउनु भएको छ । जिपिआरएस आइटि सोरुम एन्ड ट्रेनिङ सेन्टरले आज राजापुरमा आयोजना गरेको ३ महिने एड्भान्स सिलाइकटाई तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । जागिर गर्दा निश्चित आम्दानीमा खुम्चिनुपर्ने बाध्यता रहेकाले व्यवसायवाट ब्याक्ति छिटो आर्थिक रुपमा सक्षम हुने भन्दै नगर प्रमुख चौधरीले तालिमका सहभागीहरु सबैलाई व्यवसाय गर्नु सुझाउनु भयो । बिल्गेटस् र बिनोद चौधरीको उदाहरण दिदै नगर प्रमुख चौधरीले भन्नुभयो“ बिश्वका धनी बिल्गेट्स सानो उद्यम बाट संसारकै धनि बनेका हुन् नेपालका बिनोद चौधरीपनि सानो उद्यम बाट नेपालकै धनी बनेका हुन् । उद्यम गर्नेहरुलाई सहयोग गर्न नगरपालिका पछाडि नपर्ने भन्दै नगर प्रमुख चौधरीले सहयोग गर्न तयार रहको बताउनु भयो । सामाजिक बिकास तथा अनुसन्धान केन्द्र सि एस डि आरको सहयोगमा संचालित ३ महिने सिलाइकटाइ तालिमका सहभागी पुजा चौधरीले आफुहरुले सिकेको सीप व्यवहारमा लागु गर्ने भन्दै आफुहरुले सञ्चालन गर्ने व्यवसायको अनुगमनमा आएर सल्लाह सुझाव दिन समेत आग्रह गर्नुभयो । आइटि सोरुमका अध्यक्ष राजकिरण चौधरीको अध्यक्षतामा आयोजिक कार्यक्रममा सिएस् डि आरका फिल्ड सुपरभाइजर जनकराम चौधरी, लेखा प्रमुख राकेश गौतम लगायत सहभागि थिए । जलबायु परिवर्तन उत्थान शिल परियोजनाद्वारा संचालित तालिमका ११ जना सहभागी हरुलाइ १ -१ थान सिलाइ मेसिन समेत हस्तान्तरण गरिएको छ ।



Comments
Post a Comment