बदालपुरमा ५ दिने उद्यमशीलता तालिम सुरु

 


राजापुर / ५ दिने युवा उद्यमशिलता तालिम शुक्रबारदेखि राजापुर ५ बदालपुरमा सुरू भएको छ । राजापुर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा राम चरण स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको तालिममा ३५ जना युवाहरू तालिममा सहभागी रहेका छन् । कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिव थारूले तालिममा सिकेको सीप व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई अनुरोध गर्नुभयो । कुनै व्यवसाय गर्न चाहाने व्यवसायीलाई आवश्यक सामाग्री समेत उपलब्ध गराउने बताउँदै नगर प्रमुख थारूले यो तालिम उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर थारूले कार्यक्रमको अौचित्यमा माथि प्रष्ट पार्नुभएको थियो । उहाँले आफैंले केही गर्न नसक्ने अरूको भर पर्ने परिपाटी अन्त्य गर्नु पर्ने बताउँदै यस तालिमलाई सबैले लगनशील भएर सिक्न अनुरोध गर्नुभयो । कार्यक्रममा राम चरण स्मृति प्रतिष्ठान नेपालका सदस्य कृपालाल थारूले स्वागत मन्तव्य राख्नुभएको थियोे । प्रतिष्ठानका महासचिव राजेन्द्र चौधरी अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रवेश चौधरीले गर्नुभएको थियोे ।

Comments