बर्दियामा युवाहरूले चलाए शिक्षक बचाउ अभियान
जनता समाचार ब्रेन ट्युमरले घरमा थलिएपछि बर्दियाका एक शिक्षकलाई उपचारका लागि बर्दियाका युवाहरु शिक्षक बचाऔं अभियानमा जुटेका छन्। एक वर्षको अवधिमा उपचारका क्रममा भएको सबै सम्पत्ति सकिए पछि शिक्षक अग्र बहादुर शाहीको उपचार खर्च जुटाउन युवाहरु अभियानमा जुटेका हुन्। लामो समय सम्म बर्दिया र दैलेखमा अध्यापन गराउनु भएका शाहीको उपचारका लागि बर्दिया र दैलेखका युवाहरूले आर्थिक सहयोग अभियान चलाएका हुन्। अहिले बर्दिया र दैलेखका युवाहरूले सञ्चालन गरेको क्याम्पस प्रमुख शाही बचाउ अभियानमा विभिन्न ठाउँ क्षेत्र देश बिदेश र जिल्लामा रहेका युवाहरू पनि जोडिएका छन् । शिक्षक बचाउ अभियानमा आफूले गर्न सक्ने सहयोगका लागि युवाहरुले आग्रह गरेका छन् । ‘अग्र सर बचाउ’ अभियानका अभियान्ताका अनुसार अहिलेसम्म २ लाख रुपैया संकलन भैसकेको र आर्थिक रकम संक्रलन हुने क्रम जारी रहेको भन्दै उहाको उपचारको लागि १२/१५ लाख लाग्न सक्ने जानकारी दिनु भयो अहिले उहालाइ अहिले काठमाडौं माइती घर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको लागि राखिएको छ। बिगत २५ वर्षदेखि शिक्षण पेशामा संलग्न रहदै आएका शाही शिक्षण पेशामा आबद्ध भएपछि झण्डै ...