युनिकद्वारा २ लाख ७६ हजारको स्वास्थ्य सामाग्री सहयोग

केशव कोइराला

१९ जेठ - बर्दिया ।

युनिक नेपाल बर्दियाले बर्दियाका २ काेभिड अस्पताल लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युनिक नेपालले आफ्नो स्थापना दिवसको अबसर पारेर काेभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ सामाग्री सहयोग गरेको हो । युनिक नेपालले २ लाख ७६ हजार बराबरको  १ -१ थान  अक्सिजन कन्सन्टेटर र ३-३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको  युनिक नेपालका महा सचीव महादेव रद्गैयाले बताउनु भयो । कोरोना महामारी बाट जोगिन सहयोग पुग्ने उदेश्यले युनिकले यस अघि विभिन्न खाले स्वास्थ्य सामाग्री सहयोग समेत गरिसकेको छ ।

Comments