गेरुवामा कृषकहरू बाख्रा पालन तर्फ आकर्षित




शक्ति परियार । गेरुवा

 बर्दियाको गेरुवा गाउँ पालिका स्थित वडा नम्बर ४ तीन घरुवामा प्रविधि विस्तार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गेरुवा स्थित तीन घरुवा बाख्रा स्मार्ट गाउँको आयोजनामा भएको कार्यक्रममा स्थानीय कृषकहरूलाई बाख्रा पालनमा आधुनिकीकरण सम्बन्धी जानकारी दिइएको थियो। स्मार्ट गाउँ समितिका अध्यक्ष कालुराम थारुको सभापतित्वमा भएको कार्यक्रममा गेरुवा गाउँ पालिका वडा नं ४ का अध्यक्ष बल बहादुर चलाउने प्रमुख अतिथि रहनु भएको थियो भने वडा सदस्य मायाराम खनाल रहनु भएको थियो । त्यस्तै कार्यक्रममा अन्य अतिथिहरुमा ठाकुरबाबा नगर पालिका का पशु स्वास्थ्य शाखा अधिकृत अमर बहादुर शाही,राजापुर नगर पालिका पशु शाखा प्रमुख पूर्ण बहादुर खत्री लगायत रहनु भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सदस्य डिल बहादुर विसीले गर्नु भएको थियो भने स्वागत मन्तब्य समिति सदस्य मञ्जु शर्माले राख्नु भएको थियो । समितिमा ५४ जना कृषकहरू बाख्रा पालन तर्फ आकर्षित भएका छन्। कार्यक्रममा सहभागी कृषक सदस्यहरूलाई बाख्राहरुका लागि आवश्यक औषधि समेत प्रदान गरिएको छ।

Comments