राजापुरमा स्वास्थ्यकर्मी आन्दोलन सफल हुँदैन - नगर प्रमुख थारु
शक्ति परियार भदौ १३ , राजापुर / बर्दियाको राजापुर नगरपालिका स्थित ३ साता देखि जारी स्वास्थ्यकर्मी आन्दोलन कुनै हालतमा सफल न हुने राजापुर नगर प्रमुख दिपेश थारु राजेशले बताएका छन् । राजापुर नगरपालिकामा नव निर्वाचित नगर प्रमुख दिपेश थारु राजेशले वस्ती वस्तीमा पालिकाबाट प्रदान हुने सेवा विस्तार गर्न एकाएक कर्मचारी सरुवाको घोषणा गरेपछि राजापुर स्वास्थ्य शाखाले आन्दोलन सुरु गरेको हो । पालिकाले कर्मचारी सरुवाको घोषणा गरे पश्चात अन्य कर्मचारीहरुले गत भदौ ९ गते देखि खटाइएको कार्य शाखामा हाजिर दिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख थारुले आफूखुशी कर्मचारी सरुवा गरेको भन्दै आफुहरुले आन्दोलन थालेको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्याले बताए । स्वास्थ्य कर्मी सरुवाको कारण नभई पूर्वाग्रही विभेदपूर्ण नियम पद्धति कार्यविधिको उलंघन गरी दादागिरी पूर्ण रवैया को कारण ,समग्र नगर पालिकालाई सिस्टम पद्धति नियम कानुन सुशासन कायम राख्न यो आन्दोलन थालिएको अर्यालको भनाइ छ। नगर प्रमुख थारुले निर्वाचित भई पद भार ग्रहण गरे पश्चात शिक्षकहरुले पार्टी वा राजनीति गर भन्दै ७ दिने अल्टिमेटम दिएका थिए । यो आन्दोल...