राजापुरमा स्वास्थ्यकर्मी आन्दोलन सफल हुँदैन - नगर प्रमुख थारु
शक्ति परियार
भदौ १३ , राजापुर / बर्दियाको राजापुर नगरपालिका स्थित ३ साता देखि जारी स्वास्थ्यकर्मी आन्दोलन कुनै हालतमा सफल न हुने राजापुर नगर प्रमुख दिपेश थारु राजेशले बताएका छन् । राजापुर नगरपालिकामा नव निर्वाचित नगर प्रमुख दिपेश थारु राजेशले वस्ती वस्तीमा पालिकाबाट प्रदान हुने सेवा विस्तार गर्न एकाएक कर्मचारी सरुवाको घोषणा गरेपछि राजापुर स्वास्थ्य शाखाले आन्दोलन सुरु गरेको हो । पालिकाले कर्मचारी सरुवाको घोषणा गरे पश्चात अन्य कर्मचारीहरुले गत भदौ ९ गते देखि खटाइएको कार्य शाखामा हाजिर दिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख थारुले आफूखुशी कर्मचारी सरुवा गरेको भन्दै आफुहरुले आन्दोलन थालेको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्याले बताए । स्वास्थ्य कर्मी सरुवाको कारण नभई पूर्वाग्रही विभेदपूर्ण नियम पद्धति कार्यविधिको उलंघन गरी दादागिरी पूर्ण रवैया को कारण ,समग्र नगर पालिकालाई सिस्टम पद्धति नियम कानुन सुशासन कायम राख्न यो आन्दोलन थालिएको अर्यालको भनाइ छ।
नगर प्रमुख थारुले निर्वाचित भई पद भार ग्रहण गरे पश्चात शिक्षकहरुले पार्टी वा राजनीति गर भन्दै ७ दिने अल्टिमेटम दिएका थिए । यो आन्दोलन प्रति नगर प्रमुख थारुले भने -" म पुरानाे मेयर होइन, पुरानो सिस्टमले बिगारेका कर्मचारी म सुधार गर्छु र गरेरै छोड्छुु "। "स्वास्थ्य शाखा आफैले भनी रहेको छ सरुवा गर्नु हाम्रो समस्या होइन भनेर , यदि समस्या छैन् भने जनताले पाउने स्वास्थ्य सेवा किन बन्द गर्दै छन् स्वास्थ्यकर्मी ?
गत साउन १७ गतेका दिन नगरपालिका,वडा कार्यालय र स्वास्थ्य शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको कार्य जिम्मेवारी हेरफेर गरिएकोमा खटाइएको कार्यालय शाखामा कर्मचारी हाजिर नभएको देखिएपछि भदौ ९ गते भित्र खटाइएको शाखा कार्यालयमा हाजिर भई कार्य जिम्मेवारी सम्हाल्नु पर्ने एक सूचना जारी गर्दै घोषणा गरेको थियो । तर , स्वास्थ्य शाखा प्रमुख अर्यालले आफ्नो आसेपासे कर्मचारी सरुवा भएपछि आपत्ति जनाउँदै सहकर्मी भड्काएर आन्दोलन थालेको स्रोतको दाबी छ।
स्रोतका अनुसार अर्याल लामो समय देखि शाखामा प्रमुख भै बसि स्वास्थ शाखामा केही आफ्ना नजिक भएका कर्मचारी राखेर हालिमुहालि गरि आएका थिए उनका नजिकका कर्मचारीहरु शाखाबाट हटाइए पछि अन्य कर्मचारीलाई पनि उस्काएर आन्दोलन गरिरहेका हुन । अर्यालका नजिकका एक कार्यालय सहयोगी, पोषण कार्यकर्ता र शाखाका उपसंयोजक शाखाबाट हटाए पछि उनले नै बखेडा गरेका हुन । पालिकाको जिम्मेवारी हेरेफेरबाट कसैलाई मर्का नपरेको र त्यसो भएको भए निवेदनका आधारमा सच्चाउन सकिने पालिकाले प्रतिबद्धता गरेको नगर प्रमुख दिपेश थारु राजेशले बताए । स्वास्थ शाखामा जनस्वास्थ्य निरीक्षक रहने कानुनी ब्यबस्था भए पनि बिगतमा पहुचको आधारमा अर्याल शाखाको जिम्मेवारी समाल्न पुगेका हुन ।अर्याल आफ्नो जिम्मेवारीबाट हटाइन्छ भनेर बार्गेनिङका लागि यो आन्दोलन गरेको हुन सक्ने स्रोतको दाबी छ।अर्यालले पेशा प्रती जिम्मेवार सहकर्मीहरूको हितमा लागेका भए कोभिडमा खटिएका सहकर्मीहरूलाई जोखिम भत्ता दिन किन पहल न गरेको भन्ने सेवाग्राहीको भनाइ छ ।नगर प्रमुख थारुले पालिकामा शिक्षा, स्वास्थ्य, रोजगार,कृषि र अन्य निर्माणका कार्यहरुलाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् भने उनको विरुद्धमा पद र कुभ्रममा राजनैतिक खोल ओढेर पालिकाले चालेका कदम प्रति अबरोध सिर्जना गर्नेहरुको जमात बढ्दै गएको छ ।
अर्यालले कोभिड कालमा सिमित कर्मचारीलाई मात्र भत्ता ख्वाएको स्रोतको आरोप छ। पालिकाको कार्य व्यवस्थापन राम्रो न भएको भन्दै गरिएको आन्दोलनले भदौ १५ गते देखि पालिका भित्रका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ। स्वास्थ्य सेवा बन्द हुने भनेपछि स्थानिय सेवाग्राही आक्रोशित छन्। पालिकाको प्रशासनिक हेरफेर पालिकाले गर्ने भएको र यस्ता भड्किला क्रियाकलाप नगर्न नगर प्रमुख थारुले अनुरोध गरेका छन्।




Comments
Post a Comment