राजापुरमा स्वास्थ्यकर्मीको दादागिरी , आफुखुशी काम गर्न पाउनुपर्ने जिकिर
जनता समाचार
केही साता यता बर्दियाको राजापुर नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरु आन्दोलित बन्दै गएका छन् । राजापुर नगरपालिकाले वस्ती वस्तीमा स्वास्थ्य सेवा विस्तारका लागि पालिका भित्र रहेका स्थाई तथा करार कर्मचारीहरुलाई सरुवा गर्ने निणर्य गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बन्दै गएका हुन् । राजापुर स्वास्थ्य शाखाले आफुसंग समन्वय नगरेर पालिकाले निणर्य गरेको भन्दै आन्दोलन थालेको हो ।
स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेसलाई पछि पार्दै , विजय भई तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु राजेश राजापुर नगरपालिकाको नगर प्रमुखमा आए । निर्वाचित नगर प्रमुख थारुले पदभार सम्हालेको केही दिनमै पार्टीमा आवद्ध शिक्षकहरुले पार्टी छोड्नुपर्ने अथवा शिक्षण पेशा छोड्नु पर्ने भन्दै १ साताको अल्टिमेटम दिएका थिए । नगर प्रमुख थारुको यो कडा निणर्यले शिक्षण क्षेत्रमा मात्रै नभई, पार्टीगत रुपमा पनि निकै नै, खैला बैला मच्चायो ।
नगर प्रमुख थारुको पहिलो, कडा निणर्य प्रति राजनैतिक खिचातानी गर्ने तथा नेताका आसेपासेहरु सामाजिक सञ्जाल मार्फत चियो चर्चा गर्न थाले । नगर प्रमुख थारुले पालिकामा शिक्षा, स्वास्थ्य, रोजगार,कृषि र अन्य निर्माणका कार्यहरुलाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् भने उनको विरुद्धमा पद र कुभ्रममा राजनैतिक खोल ओढेर पालिकाले चालेका कदम प्रति अबरोध सिर्जना गर्नेहरुको जमात बढ्दै गएको छ ।
नगर प्रमुख थारुले विद्यालयमा शिक्षक हुनुपर्छ नेता होईन भन्दै दिएको अल्टिमेटम, नेपाली सञ्चार माध्यमले बे्रकिङ्ग न्यूज बनाए । शिक्षा पछिको ठुलो जिम्मेवारी रहेको स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीहरुको चरम लापरवाहीका कारण, जनताले समयमा उपचार नपाउनु दुर्भाग्य हो ।
यतिबेला, बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा स्वास्थ्यकर्मीहरुले चालेको आन्दोलन लाजमर्नु भएको छ । जनताले समयमा नै आवश्यक सेवाहरु निःशुल्क पाउनु पर्छ भन्ने धारणाले राजापुर नगरपालिकाले पालिका भित्रै स्वास्थ्यकर्मीहरुलाई सरुवा गर्ने निणर्य गर्यो । पालिकाले गत भदौ ६ गते कर्मचारी सबैलाई सम्बोधन गरी कामकाज सम्बन्ध विषयमा सूचना प्रकाशित गरेको थियो । सूचनामा साउन १७ गतेका दिन नगरपालिका,वडा कार्यालय र स्वास्थ्य शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको कार्य जिम्मेवारी हेरफेर गरिएकोमा हालसम्म पनि खटाइएको कार्यालय शाखामा कर्मचारी हाजिर नभएको जानकारी प्राप्त भएको हुँदा भदौ ९ गते भित्र आफुलाई खटाइएको शाखा कार्यालयमा हाजिर भई कार्य जिम्मेवारी लिनहुन जानकारी गराईन्छ भनि जिकिर गरिएको छ । यति मात्रै नभई खटाइएको शाखा कार्यालयमा जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही गरिने समेत भनिएको छ ।
यो आन्दोलनले कसैको भलो देखिदैन,आन्दोलन गर्ने पक्षलाई दुर्गम भेगमा सरुवा गरिएको होईन, न त कसैको जागिर नै खोसिएको हो । आफ्नै पालिका क्षेत्र भित्र रहेर व्यवस्थित तवरले काम गर्ने गराउने, पालिकाको निणर्य तथा नगर प्रमुख थारुको यो कदम प्रति राजनैतिक खेल खेल्दै, स्वास्थ्य संस्था बन्द गर्ने जस्ता निच सोच राखेर कुन चाँही सेवा प्रदान गर्न खोजिएको होला भन्ने प्रश्न रह्यो ? सेवा ग्राही सबैलाई जानकारी भएकै कुरा सरकारी तलब खाएर जनतालाई दिने सेवा सरकारी स्वास्थ्य संस्थामा नदिई घर छेउछाउ अथवा सामुदायिक स्वास्थ्य संस्थाको नजिकै मेडिकल स्टोर संचालन गरेका २/४ जना स्वास्थ्यकर्मीहरुको राजनैतिक चुरीफुरीका कारण जनताले स्वास्थ्य लाभ पाउँछ त ? स्वास्थ्यकर्मी बाहेकका अन्य कर्मचारीहरु सरुवा भै जानु पर्ने तर स्वास्थ्यकर्मीहरुलाई मात्रै किन मर्का परेको ? त्यसको एउटै मात्रै कारण हुन जान्छ मेडिकल संचालन ।
सरकारी तलब खाएर, सामुदायिक स्वास्थ्य केन्द्रमा जनतालाई आवश्यक सेवा नदिई क्लिनिक संचालन गरेकाहरु आफ्नो घर छेउ देखि अर्को वडामा कसरी समय भ्याउन सक्लान ? यो स्वास्थ्यकर्मी आनदोलनको मूलधार यहि नै हो । स्वास्थ्यकर्मी आन्दोलनमा गरिएको भनिएको छ स्वास्थ्यशाखासंग समन्वय सहकार्य प्रतिशोध पूणर् , पूर्वाग्राही र पक्षपातपूणर् ढंगले गरिएको सरुवा प्रति असन्तुष्टी भएको भनिएको छ । गल्ति गर्नेहरुसंग सहकार्य गरी लेनदेन प्रणाली जारी राख्ने स्वास्थ्य शाखाको पुरानो प्रवृति यसपछिको सरकारले नगरोस भन्न नयाँ सरकार आएको राजापुर नगरबासीहरुलाई भनि रहनु पदैन । यसै प्रवृतिलाई हटाउन नयाँ सरकार स्थापना गरेको जनताले , यदि पुरानै प्रवृति अपनाउनु पर्छ भने किन गरियो निर्वाचन । किन भिड्दै छन् नयाँ उम्मेदवार ?
अझैं स्वास्थ्यकर्मीहरुको लाजमर्दो निणर्य , पालिकाले सरुवा विषयमा माग पुरा नगरेमा,भदौ १५ गते देखि स्वास्थ्य संस्था बन्द राख्छौं, यो बन्द कार्यमा महिला स्वास्थ्य स्वयं सेविका,नागरिक समाज, बडघर,समाज सेवि,बुद्धिजिवी, व्यापारी, स्वास्थ्य आमा समुह,राजनैतिक दल लगायतलाई सहयोग समर्थनका लागि अनुरोध समेत गरेको छ । जनता,,, तिमी मर बरु,,,, हामी आन्दोलन रोक्दैनौ,,, हामीले तलब सरकारी पाउनु पर्छ,,, घरमै बसेर क्लिनिक चलाउन पाउनु पर्छ ,, भन्ने स्वास्थ्यकर्मीहरुको घिनलाग्दो निणर्यलाई समर्थन गर्न आउने माथी नाम सम्बोधन गरिएका सबै मुर्ख हुन् । अझैं भन्नु पर्दा आन्तरिक मिडिया व्यवस्थापन गरेर पालिकाले चालेको यो कदम विरुद्ध भद्दा राजापुर स्वास्थ्य शाखाले आलोचित कार्य गरेको छ । त्यस्तै बर्दियामा नाम चलेको एक पत्रिकाले स्वास्थ्यकर्मी आन्दोलनलाई बढावा दिदैं ,,नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत माथी मनोमानी गरेको आरोप समेत लगाएको छ । कर्मचारी सरुवाको विषयलाई राजनैतिक अखडा बनाएर स्वच्छ राजनिती गर्नेहरुको शिर झुकाइ दिएको छ । स्वास्थ्यकर्मी आन्दोलितमा कांग्रेस र माओवादी विच चुनावी अन्तरका कुराहरु ल्याएर पहिलो पाना भरेको छ ,,, राजापुर क्षेत्रका ठेकेदारका कुराहरु ल्याएर अलग्गै कथा लेखेको छ ।। यस्ता मिडिया माथी नेपाल सरकारले अब २१ तोपको सलामी दिनुपर्छ सरकार ।।
न गर्,,, न गर्न देउ ।। प्रवृतिले स्थानीय देखि संघीय सरकार हल्लिएको छ । लाज नभएकाहरु स—साना कुराहरुमा अल्झिएर विकासको गति फेरी पछाडी सार्दै छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नोट बन्द गर्ने बेला तिनै भ्रष्ट नेताहरुसंग समन्वय र सहकार्य गरेको भए आज भारतमा लुकाई राखेको अर्बौ धन भेटिने थिएन होला । यो त झिनो एक पालिकाको १० वडा भित्रको खेलो हो । कसैलाई यातना दिइएको छैन । जागिर खोसिएको छैन । १० वडाका कर्मचारीहरुलाई स्थान परिवर्तन मात्रै गरिएको हो । सेवाग्राही अर्को पालिकाबाट सेवा लिन आउँदैनन् ,, त्यै वडाबाट तेहीका जनताहरु आउने हुन् । अनि ,, तिनै जनताको सेवा गर्छौं हामी भन्दै ,,, स्वास्थ्य संस्थाहरु बन्द राखेर,,आफ्नो घिनलाग्दो आन्दोलन सफल पार्न तिनै जनताहरु संग गुहार माग्न अलिकति पनि लाज लागेन स्वास्थ्यकर्मीलाई । यसको जवाफ स्वास्थ्यशाखाले दिनुपर्छ । पालिकाको विकास, समृद्धि , सुशासनका लागि पालिकाले चालेको कदम एकदमै जाहेज छ । जाहेज कामको सुरुवातमा यस्ता झिना समस्याहरु आउनु सामान्य हुन् । आज काठमाडौंमा बालेन शाहले डोजर लिएर हिँडेका छन् । राजापुरमा स्वास्थ्यकर्मीहरु बिरामीलाई औषधी नदिने भन्दै स्वास्थ्य संस्था बन्द गर्न जनतासंग गुहार मागीरहेका छन् ।
आफु बिरामी भई स्वास्थ्य संस्थामा ताला लगाउने जनताहरु खबरदार , अब झुक्किनु हुँदैन । काठमाडौंमा बालेनले डोजर चाल्न सक्छन् भने राजापुर नगर प्रमुख दिपेश थारुले यस्तै यस्तै कडा योजनाहरु ल्याउन सक्छन् । जनताको प्रतिनिधी भई सकेपछि जनताको हितको काम गर्न नदिनु,सुरु गरेको कामको निन्दा गर्नु , यो प्रवृति हटाउन जनता जाग्नु पर्छ । गलतलाई गलत र सहीलाई सहि भन्न सक्नुपर्छ । यो जनताको शासन हो । कुनै पार्टी वा दलको समर्थकको नाममा आफ्नो अधिकार नगुमाउनु होला । कर्मचारीले जनताको सेवामुखी भएर काम गर्नु नै पहिलो धर्म हो । जनताले स्वास्थ्य सेवा पाउनका लागि टाढा टाढा जानु हुदैन, आफुलाई पाएक पर्ने ठाउँ बाटै सेवा लिन पाउनु जनताको अधिकार हो र यो कसैले पनि खोस्न सक्दैन । जनताको हितका लागि गरिएको निणर्यको सबैले समर्थन गरौं । यस्ता घृणित आन्दोलन बहिस्कार गरौं । होईन भने , जनताको झटारो यसरी नै बर्सी रहने छ ।



Comments
Post a Comment