Posts

Showing posts from August, 2023

कैलालीका केरामा फेला पर्यो नयाँ प्रजातिको रोग

Image
(जस) ७,भदौ धनगढीः कैलालीका केरामा नयाँ प्रजातिको ट्रोपिकल रेस ४ (टीआरफोर) रोग फेला परेको छ। कैलालीको टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो।   नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक फेला परेको पुष्टि गरेको छ।  कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि कैलालीका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए। रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो। टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा रोग देखिएको हो।  भारतमा भने पाँच वर्षअघि नै यो रोग देखा परेको थियो। नेपालमा पहिलो पटक टीकापुरमा देखा परे पनि सावधानी देशैभर अपनाउनु पर्ने वैज्ञानिकहरुले बताएका छन। दिनेश खबर

थारु समुदायले आज गुरही पर्व मनाउँदै

Image
  बर्दिया: पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनउदै छन्। वभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो। गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन्। यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ। बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन्। फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ। यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ। गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ। यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ। गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ। हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउँदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताइन। उनका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका ...

राजापुरमा वाईसिएल नेपालको वडा भेला सम्पन्न

Image
जनता समाचार २६, साउन । राजापुरब र्दियाको राजापुर नगरपालिका स्थित छुट्टा छुट्टै वडामा अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाईसिएल नेपालको भेला सम्पन्न भएको छ। राजापुर नगरपालिका स्थित वडा न ५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलाले अस्नी थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। त्यस्तै , वडा नं ८ मा प्रेम प्रकाश थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको जनाइएको छ। छुट्टा छुट्टै स्थानमा आयोजना गरिएको भेलामा नेकपा माओवादी केन्द्र राजापुर नगरपालिका कमिटीका अध्यक्ष चिन्तामणि आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने वडा नं ५ का वडा अध्यक्ष रमेश दहित,वडा नंं ८ का वडा अध्यक्ष राजेश थारु लगायतको सहभागिता थियो ।

बर्दियाको कोठीयाघाट पुलबाट हाम फालेर १ जना वेपत्ता, खोजी कार्य जारी

Image
जस, साउन २४ बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा कोठिया घाट) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् । अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन् । उनको नाम, थर, वतन पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । नदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । खोजी कार्य गरिरहेको टोलीले नदी तटीय नेपाल– भारत सीमा क्षेत्रमा सक्रियता बढाएको जनाईएको छ । ती पुरुष को हुन् र किन हाम फाले भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरप्को भनाई छ ।

राजापुरका ३ सय १ विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Image
शक्ति परियार । साउन १९ राजापुर बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुले बालबालिका कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै पालिका भित्रका कुनै पनि बालबालिकाले शिक्षाका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गर्ने शिक्षामा २७ करोड रुपैयाँ छुट्याएको बताउनु भयो । सोचे अनुसारको नतिजा नआएकोले शिक्षामा सुधार गर्न सबैको साथ र सहयोग आवश्यक रहेको नगर प्रमुख थारुको भनाई छ । उहाँले समय, परिस्तिथी फेरिएकोले अबका बालबालिकाले राम्रोसँग शिक्षा आर्जन गरेर अगाडी बढ्नु पर्नेमा जोडदिनु भयो । नेपालमा कृषि बँधुवा श्रमको अन्त्य परियोजनाको सामाजिक परिचालक सम्झना चौधरीले बस्ती, वडा र नगर स्तरिय मुक्त कमैया समाज, विद्यालय, वडा कार्यालय र...