बर्दियाको कोठीयाघाट पुलबाट हाम फालेर १ जना वेपत्ता, खोजी कार्य जारी
जस, साउन २४ बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा कोठिया घाट) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् ।
अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन् । उनको नाम, थर, वतन पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
नदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । खोजी कार्य गरिरहेको टोलीले नदी तटीय नेपाल– भारत सीमा क्षेत्रमा सक्रियता बढाएको जनाईएको छ । ती पुरुष को हुन् र किन हाम फाले भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरप्को भनाई छ ।

Comments
Post a Comment