राजापुरमा वाईसिएल नेपालको वडा भेला सम्पन्न


जनता समाचार २६, साउन । राजापुरब

र्दियाको राजापुर नगरपालिका स्थित छुट्टा छुट्टै वडामा अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाईसिएल नेपालको भेला सम्पन्न भएको छ। राजापुर नगरपालिका स्थित वडा न ५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलाले अस्नी थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

त्यस्तै , वडा नं ८ मा प्रेम प्रकाश थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको जनाइएको छ। छुट्टा छुट्टै स्थानमा आयोजना गरिएको भेलामा नेकपा माओवादी केन्द्र राजापुर नगरपालिका कमिटीका अध्यक्ष चिन्तामणि आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने वडा नं ५ का वडा अध्यक्ष रमेश दहित,वडा नंं ८ का वडा अध्यक्ष राजेश थारु लगायतको सहभागिता थियो ।




Comments