क्यानको अध्यक्षमा उठ्ने विनयराज भण्डारीको घोषणा
जस ५ असोज, काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत रहेका भण्डारीले पहिलो पटक केन्द्रीय निर्वाचन लड्न लागेका हुन् । अध्यक्ष चतुरबहादुर चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा छन् । ‘चन्दविरुद्ध रुष्ट साथीहरूले मलाई उठ्नुस् भन्नू भएको छ,’ भण्डारीले भने, ‘ म क्यानको अध्यक्षमा लड्दैछु ।’ क्यानको साधारणा सभा आज शुक्रबार सुरु भएको छ । कार्य समिति चयनका लागि भने भोलि शनिबार चुनाव हुने छ ।