राजापुरमा जनतासँग माओवादी अभियान सुरु

जस भदौ १६,राजापुर / बर्दियाको राजापुरमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको छ । नगरपालिकाका १० वटै वडाहरुमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको हो । माओवादी पार्टी प्रति पछिल्लो समयमा विभिन्न जन गुनासो आएका कारण जनताको भावना बुझ्न र संगठन बिस्तार गर्न यो अभियान चलाइएको नेकपा माओवादी केन्द्रका राजापुर नगर अध्यक्ष चिन्तामणी आचार्य दिपेन्द्रले बताउनुभयो ।

यस्तै राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेलले पाटी नेतृत्व विलासितामा भुलेको भन्दै जनजन र मनमनमा बस्न २०६४ सालकै नेतृत्व र पृय पाटी बनाउन रुपान्तरण  अभियान सुरु गरेको बताउनु भयो । उहाले भन्नुभयो “जनप्रतिनिधी वा कार्यकर्ता जो जुन जस्तो स्थानमा भएपनी जनताको दुःख सुखमा साथ दिन घर दैलो गर्न पनी यो अभियान सुरुगरिएको हो ।” 

यस्तै राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष राजेश थारुले हरेकको मनमनमा बस्न चुप लागेर बस्न नहुने भन्दै यो अभियानमा सक्रिय भएर सबै लाग्नुपर्ने धारणा राख्नुभयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको भर्चुअल माध्यमबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

यसै क्रममा आजै राजापुर नगरपालिका ७ शंकरपुर बाट १३ जना भन्दा बढीले माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन्।   - रेडियो राजापुर

Comments