कानुन विषय पढ्न चाहने विद्यार्थीलाई राजापुरमा शुल्क न लाग्ने

शक्ति परियार 

राजापुर १७,भदौ ।  कानुन विषय पढ्न चाहने विद्यार्थीहरुलाई बर्दियाको राजापुरमा शुल्क न लाग्ने भएको छ । बर्दियाको राजापुर नगरपालिका तथा गेरूवा गाउँ पालिकाका विद्यार्थीहरुलाई राजापुर ९ नं वडा गोडीयानामा रहेको नेपाल राष्ट्रिय माध्यामीक विद्यालयले २ बर्से कानुन विषय पढ्न चाहने कक्षा ११ का विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराउने भएको प्रधानाध्यापक शिव प्रसाद कोइरालाले बताए। 

शिक्षा विषय अन्तरगत मेजर नेपाली, मेजर अंग्रेजी ,अर्थशास्त्र बिषय र वाणिज्य संकायतर्फ लेखा ,अर्थशास्त्र लगाएतका बिषयहरु बढिमा ५० देखि ६० जना मात्र एउटा कक्षा कोठामा राखेर बिद्यार्थी केन्द्रित बिधिमा  अनुभवि शिक्षकहरुबाट अध्यापन गराइने प्रधानाध्यापक कोइरालाले बताए । विद्यार्थीलाई अावश्यकता अनुसार  प्रयाेगात्मक  तथा परियाेजना कार्य गराएर आइसिटी समेत उपयाेग गर्दै  शिक्षण सिकाई गरिने भएको उनले बताए । 

त्यस्तै ग्रेड बृद्धिकाे परिक्षा दिएका बिद्यार्थीहरुले पनि भाद्र १९ गतेदेखि नै कक्षामा सहभागि हुन पाउने विद्यालयले जनाएको छ।

Comments