Posts

Showing posts from February, 2022

राजापुरमा तेस्रो मेयर कप सुरु,१५ समुह सहभागी

Image
  जनता समाचार १४,फाल्गुन राजापुर । बर्दियाको राजापुरमा तेस्रो नगर स्तरीय अन्तर विद्यालय मेयर कप तथा १४औं राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता आज देखि सुरु भएको छ। राजापुर नगरपालिका वडा नं ९ स्थित नेपाल राष्ट्रिय माध्यामीक विद्यालय गोडियानामा आयोजना गरिएको प्रतियोगितामा १५ वटा विद्यालय सहभागी रहेका छन् । राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज प्रमुख अतिथि, सङ्घीय सांसद सन्त कुमार थारू विशिष्ट अतिथि ,लुम्बिनी प्रदेश सांसद दिपेश थारू लगायतको उपस्थिति रहेको थियो । समारोहमा बोल्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नेपालका ७ सय ७३ पालिकामै खेलकुदका लागि रंगशाला बनाउने सरकारी नीति रहेको बताउनुभएको छ ।खेल स्वास्थ्यका लागि अपरिहार्य भएको भन्दै मन्त्री गहतराजले खेल क्षेत्रको संरक्षणमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बर्दिया थारु संस्कृतिको धनी रहेको भन्दै उहाँले यहाँको पर्यटकीय विकासका लागि तीनै तहको सरकारले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सञ्जालमा अवस्थी मृत्यु भएको खबर झुटो

Image
  जनता समाचार फागुन १२, बर्दिया/अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्। आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्। उनले दिनेशखबरसँग भने, 'मेरो मृत्युको खबर गलत हो। म यतै कञ्चनपुरमा छु र म ठिक छु।अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्।  आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्।बिहीबार काठमाडौंमा एमसीसी विरुद्धको प्रदर्शनमा अर्का हेमराज अवस्थी भने घाइते भएका छन्। उनको शल्यक्रिया गर्ने तयारी भइरहेको छ। उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने प्रहरीले जनाएको छ।आज नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउकोमा चोट लागेको थियो। प्रत्यक्षदर्शीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो।

बर्दियामा फेरि बाघको आक्रमणबाट महिलाको मृत्यु

Image
  जनता समाचार, बर्दिया, फागुन ११ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरबाबा नगरपालिका ४ सैनवारमा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।  ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षिया लिलि थारुको पाटे बाघको आक्रमणबाट हिजो बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।  निकुञ्जसंग सिमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले हो हल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।  मृतकको आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा शव फेला परेको जनाइएको छ । मृतक थारुको शव राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

राजापुरमा गाडीको ठक्करबाट बालकको मृत्यु

Image
जनता समाचार । राजापुर डीको ठक्करबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर -४ का सिमन थारु रहेका छन । राजापुरबाट  छेदियागाउँ  गईरहेको भे १क १३९६ नम्बरको गाडीले बाटोमा खेल्दै गरेको अबस्थामा बालक लाई ठक्कर दिएको र बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका  प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । गाडी चालक सोहन लाल थारु र गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अपाङ्गता माथी यौन तथा लैङ्गिक हिंसा विषयक एक दिने संवाद कार्यक्रम सम्पन्न

Image
जनता समाचार । २७ माघ,गुलरिया/राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्ति माथी हुने यौन तथा लैङ्गिक हिंसा विषयक एक दिने संवाद कार्यक्रमको आयोजना गरिएको छ ।बिहिवार बर्दियाको गुलरियामा भएको संवाद कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुको नितिगत ब्यबस्था, अपाङ्गता भएका महिला माथी हुने यौन तथा लैङ्िगक हिंसाको अबस्था र न्यायमा पहुँच वृद्धि गर्न सरोकारवालाको भुमिका बिषयमा महासंघका संघिय सचिव भावुक जंग थापा र माइ राइट परियोजनाकि अधिकृत संगीता खड्काले सहजीकरण गर्नु भएको हो । समुदायमा आधारित पुनर्स्थापना केन्द्र , बर्दियाको समन्वयमा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद चौधरी , बढैयाताल गाउँ पालिकाकि उपाध्यक्ष दिपाकुमारी गौतम ,गुलरिया नगर पालिका बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा , महिला शाखाका प्रमुख तथा प्रतिनिधि , जिल्ला प्रहरी कार्यालय बर्दियाका महिला शेल प्रमुख ,महिला अधिकारकर्मी , अपाङ्गता अधिकारकर्मी , सञ्चारकर्मी, स्रोत शिक्षक लगाएतको सहभागिता रहेकोे सि.बि.आर.बर्दियाका सभापति नेत्र प्रसाद सापकोटाले जानकारी दिनु भएक...

नेपाली कांग्रेसको राजापुर टोल समितिमा झा

Image
जनता समाचार राजापुर २५,माघ । नेपाली कांग्रेसको राजापुर नगरपालिका वार्ड नं. ४ अन्तर्गत राजापुर बजारको टोल कार्य समितिमा लबेश झालाई चयन गरिएको छ। सोमबार नेपाली कांग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर ,क्षेत्रीय सभापति दिपक जंग शाह को उपस्थिति मा लबेश झालाई  सर्ब सम्मतबाट टोल सभापति मा चयन गरिएको हो । झाको नेतृत्वमा ६५ जनाको टोल कार्यसमिती गठन भएको हो । यसै बीच  ६१ जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गरेका  छन् ।

बर्दियामा बस दुर्घटना,३५ घाइते

Image
बर्दिया : बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार यात्रुवाहक बस दुर्घटना भएको छ। सडकमा गुडिरहेको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाहिर पल्टिएको हो। दुर्घटना परी बसमा सवार ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। घाइतेहरुको स्थानीय बाँसगढीमा उपचार पश्चात् २४ जना डिस्चार्ज भएका छन्। ११ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।  कालिकोट सानी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी ६९ वर्षीया ओमना उपाध्यायको टाउको, हात, खुट्टा र ११ वर्षीया शितला उपाध्यायको टाउकोमा चोट लागेको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी शाहीले बताए।      कालिकोटबाट महेन्द्रनगरतर्फ गैरहेको बस बिहीबार बिहान ३:१० मा दुर्घटना भएको हो। प्रहरीले बसका चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बस्ने किशन सिंह खत्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ।