नेपाली कांग्रेसको राजापुर टोल समितिमा झा
जनता समाचार
राजापुर २५,माघ । नेपाली कांग्रेसको राजापुर नगरपालिका वार्ड नं. ४ अन्तर्गत राजापुर बजारको टोल कार्य समितिमा लबेश झालाई चयन गरिएको छ।
सोमबार नेपाली कांग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर ,क्षेत्रीय सभापति दिपक जंग शाह को उपस्थिति मा लबेश झालाई सर्ब सम्मतबाट टोल सभापति मा चयन गरिएको हो । झाको नेतृत्वमा ६५ जनाको टोल कार्यसमिती गठन भएको हो । यसै बीच ६१ जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।

Comments
Post a Comment