राजापुरमा गाडीको ठक्करबाट बालकको मृत्यु

जनता समाचार । राजापुर

डीको ठक्करबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर -४ का सिमन थारु रहेका छन । राजापुरबाट  छेदियागाउँ  गईरहेको भे १क १३९६ नम्बरको गाडीले बाटोमा खेल्दै गरेको अबस्थामा बालक लाई ठक्कर दिएको र बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका  प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । गाडी चालक सोहन लाल थारु र गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments