सामाजिक सञ्जालमा अवस्थी मृत्यु भएको खबर झुटो

 

जनता समाचार फागुन १२,

बर्दिया/अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्। आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्। उनले दिनेशखबरसँग भने, 'मेरो मृत्युको खबर गलत हो। म यतै कञ्चनपुरमा छु र म ठिक छु।अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्। 


आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्।बिहीबार काठमाडौंमा एमसीसी विरुद्धको प्रदर्शनमा अर्का हेमराज अवस्थी भने घाइते भएका छन्। उनको शल्यक्रिया गर्ने तयारी भइरहेको छ। उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने प्रहरीले जनाएको छ।आज नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउकोमा चोट लागेको थियो। प्रत्यक्षदर्शीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो।

Comments