अपाङ्गता माथी यौन तथा लैङ्गिक हिंसा विषयक एक दिने संवाद कार्यक्रम सम्पन्न
जनता समाचार । २७ माघ,गुलरिया/राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्ति माथी हुने यौन तथा लैङ्गिक हिंसा विषयक एक दिने संवाद कार्यक्रमको आयोजना गरिएको छ ।बिहिवार बर्दियाको गुलरियामा भएको संवाद कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुको नितिगत ब्यबस्था, अपाङ्गता भएका महिला माथी हुने यौन तथा लैङ्िगक हिंसाको अबस्था र न्यायमा पहुँच वृद्धि गर्न सरोकारवालाको भुमिका बिषयमा महासंघका संघिय सचिव भावुक जंग थापा र माइ राइट परियोजनाकि अधिकृत संगीता खड्काले सहजीकरण गर्नु भएको हो । समुदायमा आधारित पुनर्स्थापना केन्द्र , बर्दियाको समन्वयमा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद चौधरी , बढैयाताल गाउँ पालिकाकि उपाध्यक्ष दिपाकुमारी गौतम ,गुलरिया नगर पालिका बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा , महिला शाखाका प्रमुख तथा प्रतिनिधि , जिल्ला प्रहरी कार्यालय बर्दियाका महिला शेल प्रमुख ,महिला अधिकारकर्मी , अपाङ्गता अधिकारकर्मी , सञ्चारकर्मी, स्रोत शिक्षक लगाएतको सहभागिता रहेकोे सि.बि.आर.बर्दियाका सभापति नेत्र प्रसाद सापकोटाले जानकारी दिनु भएको छ । ।
Comments
Post a Comment