Posts
Showing posts from May, 2020
बर्दियामा भिषण आगलागी ८० लाख बराबरको क्षति
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
गेरुवा १२,जेष्ठ/ बर्दियाको गेरुवा गाउँपालिका ३ नं. वडा शान्तिबजार स्थित विद्युतीय तार सट् भएपछि एक कृषि फर्ममा भिषण आगलागी हुँदा झण्डै ८० लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो भएको आगलागी हुँदा न्यू कालिका कृषि उपज फर्ममा संकलन गरि राखेका १ सय २८ बाख्रा जलेर मरेका छन् । २०७६ सालमा संचालनमा आएको सो फर्ममा आगलागी हुँदा करिब ८० लाख मुल्य बराबरको क्षती भएको संचालक विजय चलाउनेले बताउनुभयो । त्यस्तै फर्म भित्र रहेको दाना,करिब १५ लाख, मुल्यको खोर र औषधी जलेको चलाउनेले भन्नुभयो । ईलाका प्रहरी कार्यालय शान्तिबजारका प्रहरी उपरिक्षक योगेन्द्र खड्का सहित स्थानीयवासीको ३ घण्टा लामो प्रयास पछि आगो नियन्त्रणमा आएको बताइएको छ ।
प्रहरीको दादागिरी
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
बर्दियामा औषधी लिन गएका स्वास्थ्यकर्मिलाई गालीगलौच राजापुर १०,जेष्ठ / बर्दियाको राजापुर नगरपालिकालाई जोड्ने कोठियाघाट पूल नाकामा खटिएका एक प्रहरीले स्वास्थ्यकर्मिलाई गाली गलौच गरेका छन् । जिल्लाको राजापुर नगरपालिका वडा नं. ८ स्थित काफ्ले फार्मेसी एण्ड डिआर क्लिनिकका संचालक देबेन्द्र काफ्लेलाई बिहीबार बिहान गुलरियाबाट औषधी लिएर फर्कने क्रममा ड्युटीमा रहेका प्रहरीले गाली गलौच गरेका हुन् । गुलरियाबाट कोठियाघाट नाकामा बिहीबार बिहान ८ः४० बजे फर्कने क्रममा कोठियाघाट सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान बिष्णु सुनारले गाली गलौच गर्दै औषधी ल्याएर फर्कदैं गरेका स्वास्थ्यकर्मि काफ्लेलाई १२ बजेसम्म रोकेका थिए । प्रहरीले आफु माथी गरेको दुव्र्यवहार प्रति स्वास्थ्यकर्मि काफ्लेले चर्काे विरोध गर्दै कार्वाहीको अपिल गर्नु भएको छ ।
राजापुरमा कोरोना संक्रमित बालिका संगै सम्पर्कमा रहेका कैलालीका सबैजनाको कोरोना परिक्षन गरिने
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
ब र्दियाको राजापुर स्थित ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ समेत शिल गरिएको छ। चैत्र ५ गते हजुरआमासँग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए। - समाचार श्रोत ‘स्वाव संकलनको लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको टोली त्यसतर्फ गएको छ’, प्रवक्ता शर्माले भने, ‘अहिले सो क्षेत्रलाई सिल गरेर बसैलाई घर भित्र बस्न लगाएका छौँ।’ नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलनका लागि टोली खटाइएको बताए। सोमबार कोरोना संक्रमण देखिएकी ती बालिका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिएन। उनी १६ गते बर्दिया राजापुर फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो। -समाचार स्रोत
#Janata Express Online TV # Shakti Pariyar#बर्दियामा लकडाउन फितलो#shakti...
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ नं.वडा का वडा सदस्य घाइते
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका वडा नं. ४ का वडा सदस्य मायाँराम खनाल गम्भीर घाइते भएका छन् । तिनघरुवा निवासी ६७ वर्षीय खनाल बिहीबार डोंगपुर सामुदायिक वनमा भैंसी चराउन गएका थिए । दिउँसो साढे ३ बजे गेरुवा (कर्णाली) नदीमा पानी खुवाउने क्रममा बाघले उनलाई आक्रमण गरेको हो । स्थानीय सामुदायिक वन नजिकै रहेको नदीमा पानी खुवाउने क्रममा एक्कासी बाघले खनाललाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । बाघको आक्रमणबाट उनको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको छ । सामुदायिक वन क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको निकुञ्जले जनाएको छ ।
राजापुर क्षेत्रबासीलाई सचेत रहन नगरप्रमुखको आग्रह
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
राजापुर २२,बैशाख / विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरसको संक्रमण रोकथामका लागि जारी लकडाउन अँझै लम्बिन सक्ने भएकाले सबै जना सचेत रहन राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीले आग्रह गर्नु भएको छ । छिमेकी जिल्ला कैलाली र बाँकेमा यसको संक्रमण बढ्दै गएपछि बर्दिया जिल्ला सहित राजापुर क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राजापुरमा बन्दाबन्दीको विषयमा समिक्षा गरियो
- Get link
- X
- Other Apps
-
- SHAKTI PARIYAR
जनता एक्सप्रेस अनलाईन
राजापुर २२,बैशाख / बर्दियाको राजापुर स्थित राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा संकट व्यवस्थापन समितिले हालसम्मको लकडाउन र बन्दाबन्दीको विषयमा समिक्षा गरेको छ । समिक्षामा सहभागीहरुले पालिकास्तरिय बैठकको निर्णय र जिल्ला विपत् व्यवस्थापन समिति बर्दियाको निर्णय अनुसार नै कार्यान्वयन गराउने निर्णय गरेको छ । समिक्षामा अध्यक्ष, नगर प्रमुख शिवप्रसाद चौधरी, राजापुर नगरपालिका,सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव बसन्तराज अधिकारी, राजापुर नगरपालिका , ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घले,सशस्त्र प्रहरी निरीक्षक किशोर डाँगी, राष्ट्रिय अनुसन्धान आयोग राजापुरका वरिष्ठ अनुसन्धान सहायक अर्जुन सुनार, राजापुर नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्य संयोजक गणेश प्रसाद अर्याल, नगर उपप्रमुख मनकला कुमारी चौधरी, राजापुर नगरपालिका लेखा अधिकृत श्री वसन्त मल्ल, ईलाका प्रशासन कार्यालय राजापुर, शाखा अधिकृत सुनिल दत्त, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी लगायतको उपस्थिती रहेको थियो ।