राजापुरमा कोरोना संक्रमित बालिका संगै सम्पर्कमा रहेका कैलालीका सबैजनाको कोरोना परिक्षन गरिने


र्दियाको राजापुर स्थित ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ समेत शिल गरिएको छ।

चैत्र ५ गते हजुरआमासँग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए। - समाचार श्रोत 

‘स्वाव संकलनको लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको टोली त्यसतर्फ गएको छ’, प्रवक्ता शर्माले भने, ‘अहिले सो क्षेत्रलाई सिल गरेर बसैलाई घर भित्र बस्न लगाएका छौँ।’

नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलनका लागि टोली खटाइएको बताए।

सोमबार कोरोना संक्रमण देखिएकी ती बालिका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिएन। उनी १६ गते बर्दिया राजापुर फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो। -समाचार स्रोत 

Comments