बर्दियामा भिषण आगलागी ८० लाख बराबरको क्षति




गेरुवा १२,जेष्ठ/
बर्दियाको गेरुवा गाउँपालिका ३ नं. वडा शान्तिबजार स्थित विद्युतीय तार सट् भएपछि एक कृषि फर्ममा भिषण आगलागी हुँदा झण्डै ८० लाख बराबरको क्षति भएको छ ।
सोमवार दिउँसो भएको आगलागी हुँदा न्यू कालिका कृषि उपज फर्ममा संकलन गरि राखेका १ सय २८ बाख्रा जलेर मरेका छन् ।  २०७६ सालमा संचालनमा आएको सो फर्ममा आगलागी हुँदा करिब ८० लाख मुल्य बराबरको क्षती भएको संचालक विजय चलाउनेले बताउनुभयो । त्यस्तै फर्म भित्र रहेको दाना,करिब १५ लाख, मुल्यको खोर र औषधी जलेको चलाउनेले भन्नुभयो ।
ईलाका प्रहरी कार्यालय शान्तिबजारका प्रहरी उपरिक्षक योगेन्द्र खड्का सहित स्थानीयवासीको ३ घण्टा लामो प्रयास पछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

Comments