बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका वडा नं. ४ का वडा
सदस्य मायाँराम खनाल गम्भीर घाइते भएका छन् । तिनघरुवा निवासी ६७ वर्षीय
खनाल बिहीबार डोंगपुर सामुदायिक वनमा भैंसी चराउन गएका थिए । दिउँसो साढे ३
बजे गेरुवा (कर्णाली) नदीमा पानी खुवाउने क्रममा बाघले उनलाई आक्रमण गरेको
हो ।
स्थानीय सामुदायिक वन नजिकै रहेको नदीमा पानी खुवाउने
क्रममा एक्कासी बाघले खनाललाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय
बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । बाघको
आक्रमणबाट उनको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको छ । सामुदायिक वन
क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय
निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई
उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको निकुञ्जले जनाएको छ ।
Comments
Post a Comment