राजापुरमा बन्दाबन्दीको विषयमा समिक्षा गरियो
राजापुर २२,बैशाख / बर्दियाको राजापुर स्थित राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा संकट व्यवस्थापन समितिले हालसम्मको लकडाउन र बन्दाबन्दीको विषयमा समिक्षा गरेको छ । समिक्षामा सहभागीहरुले पालिकास्तरिय बैठकको निर्णय र जिल्ला विपत् व्यवस्थापन समिति बर्दियाको निर्णय अनुसार नै कार्यान्वयन गराउने निर्णय गरेको छ । समिक्षामा अध्यक्ष, नगर प्रमुख शिवप्रसाद चौधरी, राजापुर नगरपालिका,सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव बसन्तराज अधिकारी, राजापुर नगरपालिका , ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घले,सशस्त्र प्रहरी निरीक्षक किशोर डाँगी, राष्ट्रिय अनुसन्धान आयोग राजापुरका वरिष्ठ अनुसन्धान सहायक अर्जुन सुनार, राजापुर नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्य संयोजक गणेश प्रसाद अर्याल, नगर उपप्रमुख मनकला कुमारी चौधरी, राजापुर नगरपालिका लेखा अधिकृत श्री वसन्त मल्ल, ईलाका प्रशासन कार्यालय राजापुर, शाखा अधिकृत सुनिल दत्त, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

Comments
Post a Comment