प्रहरीको दादागिरी

बर्दियामा औषधी लिन गएका स्वास्थ्यकर्मिलाई गालीगलौच

राजापुर १०,जेष्ठ / बर्दियाको राजापुर नगरपालिकालाई जोड्ने कोठियाघाट पूल नाकामा खटिएका एक प्रहरीले स्वास्थ्यकर्मिलाई गाली गलौच गरेका छन् । जिल्लाको राजापुर नगरपालिका वडा नं. ८ स्थित काफ्ले फार्मेसी एण्ड डिआर क्लिनिकका संचालक देबेन्द्र काफ्लेलाई बिहीबार बिहान गुलरियाबाट औषधी लिएर फर्कने क्रममा ड्युटीमा रहेका प्रहरीले गाली गलौच गरेका हुन् ।
गुलरियाबाट कोठियाघाट नाकामा बिहीबार बिहान ८ः४० बजे फर्कने क्रममा कोठियाघाट सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान बिष्णु सुनारले गाली गलौच गर्दै औषधी ल्याएर फर्कदैं गरेका स्वास्थ्यकर्मि काफ्लेलाई १२ बजेसम्म रोकेका थिए । प्रहरीले आफु माथी गरेको दुव्र्यवहार प्रति स्वास्थ्यकर्मि काफ्लेले चर्काे विरोध गर्दै कार्वाहीको अपिल गर्नु भएको छ । 

Comments