Posts

Showing posts from February, 2020

ईलाका प्रहरी कार्यालयलाई ४ वटा प्रहरी बिट हस्तान्तरण

Image
मानपुर टपरा / सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय राजापुर बर्दियालाई यूनिक नेपालले ४ वटा प्रहरी बिट हस्तान्तरण गरेको छ । शनिबार राजापुर न.पा. ६ मानपुर टपरामा एक कार्यक्रमका विच यूनिक नेपालका संस्थापक संरक्षक तथा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.गोपाल दहितले बिट हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै डा.दहितले यूनिक नेपालले हरेक क्षेत्रमा आफ्ना सेवाहरु दिदैआईरहेको बताउनु भयो । यतिबेला यूनिक नेपालले आफ्नै आन्तरिक सहयोगबाट ४ वटा बिटहरु हस्तान्तरण गरेको बताउनु भयो । ईलाका प्रहरी कार्यालय राजापुरले आगामी दिनहरुमा यी बिटहरुको सही सदुपयोग गरोस् र आगामी दिनहरुमा पनि थप सहयोगहरु प्रदान गरिने  भन्दै शुभकामना व्यक्तगर्नुभयो । त्यस्तै राजापुर नगरपालिका भित्रका २ सय जना विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उहाँले बताउनु भयो ।  स्थानीय स्तरमा विकास निर्माणका कार्यहरु गर्दै जनताहरुको सुरक्षालाई अँझैं बलियो बनाउन यूनिक नेपालले राजापुर क्षेत्रका विभिन्न स्थानहरुमा प्रहरी बिट संचालनका लागि हस्तान्तरण गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य ईलाका प्रहरी कार्य...

वादी समुदायमा पुरानो विचार परिवर्तन गर्नुपर्छ ःनगरप्रमुख चौधरी

Image
शक्ति परियार राजापुर / राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले बाध्यात्मक यौन पेशा अँगाल्दै आएका वादी समुदायमा पुरानो विचारधारा भएका कारण पछि परेको बताउनु भएको छ । वादी समुदायमा समयमा परम्परगत पेशा नाच्ने, गाउने माछा मार्ने बाद्यबादनका सामाग्री बनाउने माग्ने टरिया सुल्पा,बनाउने लगायतका कार्य गर्दै आएको वादी समुदायले जिविको पार्जनै लागि बाध्यात्मक यौन पेशालाई अँगाल्न बाध्य भएको भएपनि यो पुख्र्यौली पेशा नभएको भन्ने विचार परिवर्तन गर्नमा जोड दिनु भयो । पछिल्लो समयमा वादी समुदायले बिभिन्न किसीमका तालिम मार्फत आय आर्जन गर्नलागेकोमा खुशि व्यक्त गर्दै स्थानिय सरकारले बिपन्न समुदायका लागी जनता आवास कार्यक्रम मार्फत घरसहयोग कार्यक्रम समेत ल्याएको बताउनु भयो । नगर प्रमुख चौधरीले भन्नुभयो राजापुर नगरपालिका स्थानिय सरकार हो सरकाले निति र्निमाण गरेर सहयोग गर्छ । बादि समुदायले आफनो कार्यक्रमको खाका बनायर ल्याउनु होस् । शुक्रबार बर्दियाको राजापुरमा आयोजित सामाजिक न्याय आत्मसम्मान सशक्तिकरण र रुपान्तरणका लागी सामुदायिक अभियान भन्ने नाराका साथ सार्वजानिक सेवा र भु स्वामित्व माथि बादि समुदाय...

बर्दियाको राजापुरमा हाटबजार व्यवस्थित बनाउन आग्रह,भाडा महंगो भयो

Image
  राजापुर हाटबजार व्यवस्थित बनाउन स्थानीयको आग्रह बर्दियाको राजापुरमा लामो समय देखि संचालित कृषि हाट बजार व्यवस्थित बनाउन स्थानीय उपभोक्ताले आग्रह गरेका छन् । राजापुरमा रहेको हनुमान मन्दिरको परिसरमा प्रत्येक साताको मंगलबार र शनिबार लाग्ने कृषि हाट एकै ठाउँमा नभएर अव्यवस्थीत रुपमा लाग्ने गरेको स्थानीयले बताए । स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी जन्यवस्तुहरु किनबेच गरिने हाटमा बर्षातको समयमा व्यापारी र उपभोक्ता बिच निकै चुनौती बन्ने गरेको छ । हाट बजार व्यवस्थापन समितिले हाटका लागि निर्माण गरेका २ वटा टहराहरु मात्रैैले सम्भव नभएको अवस्था रहेको छ । व्यवस्थापन समितिले भर्खरै मात्रै निर्माण गरेको टहरामा महंगो भाडा भएको व्यापारीहरुले बताएका छन् । नयाँ बनेको टहरा कृषि कार्यालयको सहयोगमा निर्माण गरिएपनि टहरामा बस्ने व्यापारीबाट झण्डै ३ हजार मासिक भाडा तोकिएको स्रोतले बताएको छ । मंगलबार लागेको हाटमा एक व्यापारीले भने—“टहरामा महिनाको ३ हजार भाडा तिर्नु भन्दा पाल टाँगेर बस्नु नै जाती छ ”। यो हाटमा राजापुर क्षेत्रका मात्रै नभएर कैलालीका विभिन्न क्षेत्रहरुबाट पनि कृषकहरुले तरकारीजन्...

बर्दियाको राजापुरमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढिले सेवा लिए

Image
बर्दियाको राजापुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा झण्डै ३ सय भन्दा बढि बिरामीहरुले सेवा लिएका छन् । करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुरको सहयोगमा राजापुरमा तत्कालिन गणेश बाबा बोर्डिङ्ग स्कुलका पूर्व विदार्थीहरुको समुहले आयोजना सो शिविरमा जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए । राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्यका साथ आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा भएको हो । शिविरमा फिजिसियन डा. संकेत रिसाल, डा.पारस श्रेष्ठ , स्त्रीरोग बिशेषज्ञ डा. नवीन बुढाथोकी, न्युरो सर्जन डा. हरी पौडेल डा. मुकेश चौधरीको टिम रहेको थियो। यो शिविरमा चेकजाँच र औषधी निःशुुल्क गरिएको शाहले जानकारी गराए । सो स्कुलका पुर्व शिक्षक तथा सहपाठीमा समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जनाइएको छ ।  शिबिरमा निशुल्क स्वास्थ्य चेकजाँ...

आम्दानीको स्रोत बन्यो तरकारी व्यवसाय

Image
आफुले उत्पादन गरेको तरकारी बाली देखाउँदै महिला कृषक निर्मला थारु । शक्ति परियार १२,फाल्गुन / दिनहुँ बढ्दै गएको महँगाईले दिक्क बनाउन थाले पछि स्थानीय महिलाहरुले तरकारी व्यवसायलाई आम्दानीको स्रोत बनाएका छन् । कम समयमा उत्पादन गर्न सकिने तरकारी जन्य वस्तुहरु उत्पादन गर्दै स्थानीय बजारमा महिला कृषकहरुले राम्रो आम्दानी बटुलिरहेका छन् । राजापुर क्षेत्रका चक्खापुर,मुर्गहवा,छेदिया लगायतका क्षेत्रबाट केही महिलाहरुले उदाहरणीय कार्य गरेका छन् । परिवारमा आम्दानीका स्रोत नभएको र वर्षेनी नदि कटानको चपेटामा पर्दै आएका कृषकहरुले बेमौसमी तरकारी खेतीलाई अँगालेका छन् । सानो लगानीमा धेरै मात्रामा उत्पादन गरिएका ब्रो काउली, बन्दा, टमाटर,करेला,लौकी,काँक्रा, खुर्सानी,भान्टा लगायतका तरकारी जन्य वस्तुहरुमा कृषकहरुले उचित मुल्य नपाएको राजापुर नगरपालिका वडा नं. १ मुर्गहवाका महिला कृषक निर्मला थारुले बताईन । निर्मलाले आफुसंग भएको १० कट्ठा जमिनको ४ कट्ठामा तरकारी खेती गर्दै आएको ५ वर्ष भयो । तरकारी व्यवसायमै यो ५ वर्ष निर्मलाका लागि उदाहरण नै भएको उनको भनाई छ । निर्मलाले भनिन्—‘हामीले उत्पादन गरेको तरकारी हा...

बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनमा के के भने नेपाली काँग्रेसका नेतहरुले ..

Image
प्रधानमन्त्री ओली सरकारमा सुशासन पटक्कै नभएको कांग्रेस नेताहरुको आरोप बर्दिया ११,फाल्गुन — नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शार्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।नेपाली कांग्रेस बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला, बर्दिया जिल्ला सभापती एवं सासंद सञ्जय गौतम, युवा नेता गगन थापा गोपाल दहित लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्नेे माग गरेका हुन् । नेपाली कांग्रेस केन्द्रिय सदस्य शेखर कोईरालाले पछिल्लो सरकारका मन्त्री विवादित बन्दै गएकाले नेतृत्वले नैतीकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारमा सुशासन पटक्कै नभएको भन्दै भ्रष्टाचारको कुरा गरि साध्य नहुने अवस्था आएको उहाँले बताउनुभयो । ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसले आयोजना गरेको प्रथम नगर सम्मेलनमा बोल्दै नेता कोईरालाले अहिलेको सरकार सर्वसत्ता हुदै अधिनायकबादतिर गईरहेको आरोप लगाउनुभयो । अनुसन्धानका नाममा सरकारले हस्...