बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनमा के के भने नेपाली काँग्रेसका नेतहरुले ..


प्रधानमन्त्री ओली सरकारमा सुशासन पटक्कै नभएको कांग्रेस नेताहरुको आरोप
बर्दिया ११,फाल्गुन — नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शार्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।नेपाली कांग्रेस बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला, बर्दिया जिल्ला सभापती एवं सासंद सञ्जय गौतम, युवा नेता गगन थापा गोपाल दहित लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्नेे माग गरेका हुन् । नेपाली कांग्रेस केन्द्रिय सदस्य शेखर कोईरालाले पछिल्लो सरकारका मन्त्री विवादित बन्दै गएकाले नेतृत्वले नैतीकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारमा सुशासन पटक्कै नभएको भन्दै भ्रष्टाचारको कुरा गरि साध्य नहुने अवस्था आएको उहाँले बताउनुभयो । ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसले आयोजना गरेको प्रथम नगर सम्मेलनमा बोल्दै नेता कोईरालाले अहिलेको सरकार सर्वसत्ता हुदै अधिनायकबादतिर गईरहेको आरोप लगाउनुभयो । अनुसन्धानका नाममा सरकारले हस्तक्षेप गरिरहेको छ उहाँले भन्नुभयो, हरेक घटना क्रममा अख्तियार र सरकारको मिलेमतो देखिएको छ, यो कांग्रेसलाई मान्य छैन् । उहाँले नेपाली कांग्रेसलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाई हाम्रो काधमा आएको छ त्यसैले नेपाली कांग्रेस कम्जोर भएमा लोकतन्त्र पनि कम्जोर हुने बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसका सांसदहरु थोरै भएको भन्दै अहिलेको २ तिहाईको सरकारले आफुहरुलाई वेवास्था गरेको छ, संचारमन्त्रि गोकुल बास्कोटाले घुस सेटिङ गरेको बारेमा प्रधानमन्त्रीले थाहा नभएको बताउनु गलत भएको र उहाँले बर्दिया नेपाली कांग्रेसको बाहुल्यता रहेको जिल्ला भएको र मञ्चमा बस्ने नेताहरुले नै धेरै गल्तीहरु गरेकाले अब सच्चिएर अघि बढनु पर्ने र नेपाली कांग्रेसका कार्यकर्तालाई सबैको घर दैलोमा जान आग्रह समेत गर्नुभयो ।नेता थापाले अहिलेको सरकारले आफ्नो कार्यकाल सकिँदासम्म अन्तिममा जेष्ठ नागरिकको भत्ता बढाउने बाहेकका अरु कुनै पनि कार्य नगर्ने दाबी गर्नुभयो ।नेपाली कांग्रेसका जिल्ला सभापती एवं प्रतिनीधि सभा सांसद सञ्जय कुमार गौतमले पछिल्लो समय देशमा भ्रष्टाचारका घटनाहरु बढिरहेकाले हरेक नेपालीको शिर निहुरीएको बताउनुभएको । उहाँले अहिलेको सरकारले ७० करोड घोटाला प्रकरण लगायतका ८३ अर्ब बराबर सम्मका घोटाला प्रकरण गरेको बताउँदै मुलुकलाई अर्बौ रुपैँया घोटाला गर्ने प्रपञ्च रचेको समेत आरोप लगाउँदै घोटाला प्रकरण प्रधानमन्त्रीलाई जानकारी भएपनि बेवास्था गरेकाले प्रधानमन्त्रीको तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो । नगर सम्मेलनमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय महासमिती सदस्य विद्याप्रसाद खनालले सरकारले भुकम्प पीडित सरह बाढी प्रभावितहरुलाई पनि राहत दिने निर्णय गरेपनि अहिलेसम्म बर्दियाका बाढि प्रभावितहरुले राहत रकम पाउन नसकेको अवस्थामा सरकारलाई उक्त रकम प्रदान गर्नका लागी पहल थाल्न आग्रह गनुभयो । यस्तै भुरीगाउँ तेलपानी सडक निर्माण गरेर कर्णाली प्रदेश जोड्ने बाटो तत्काल निर्माण गरिनुपर्ने बर्दियाबासीको माग रहेकाले तत्काल सुचारु गर्न आग्रह गर्नुभयो । राष्ट्रिय निकुञ्जका जनावर गाउँ पसेर वर्षेनी दुख दिने गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको आरोप लगाउनुभयो । पुर्व भुमीसुधार मन्त्री गोपाल दहितले नेपाली कांग्रेसले नेपाली जनताको लागि धेरै कामहरु सम्पन्न गरेको बताउनुहुदै । कांग्रेस भित्रैमा गुठ उपगुठका कारणले कांग्रेस सफल हुन नसकेको बताउँदै त्यस्ता गुठ उपगुठको अन्त्य गरिनुपर्ने बताउनुभयो । गुलरिया नगरपालिकाका नगर उपप्रमुख सुशिला गिरीले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकाले ती घटना न्युनिकरणका लागी नेपाली कांग्रेसले पहल थाल्नुपर्ने बताउनुभयो । ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसमा नगर सभापती दिपकराज तिमील्सेनाको अध्यक्षतामा सम्पन्न भएको हो  ।

Comments