वादी समुदायमा पुरानो विचार परिवर्तन गर्नुपर्छ ःनगरप्रमुख चौधरी


शक्ति परियार
राजापुर / राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले बाध्यात्मक यौन पेशा अँगाल्दै आएका वादी समुदायमा पुरानो विचारधारा भएका कारण पछि परेको बताउनु भएको छ । वादी समुदायमा समयमा परम्परगत पेशा नाच्ने, गाउने माछा मार्ने बाद्यबादनका सामाग्री बनाउने माग्ने टरिया सुल्पा,बनाउने लगायतका कार्य गर्दै आएको वादी समुदायले जिविको पार्जनै लागि बाध्यात्मक यौन पेशालाई अँगाल्न बाध्य भएको भएपनि यो पुख्र्यौली पेशा नभएको भन्ने विचार परिवर्तन गर्नमा जोड दिनु भयो । पछिल्लो समयमा वादी समुदायले बिभिन्न किसीमका तालिम मार्फत आय आर्जन गर्नलागेकोमा खुशि व्यक्त गर्दै स्थानिय सरकारले बिपन्न समुदायका लागी जनता आवास कार्यक्रम मार्फत घरसहयोग कार्यक्रम समेत ल्याएको बताउनु भयो । नगर प्रमुख चौधरीले भन्नुभयो राजापुर नगरपालिका स्थानिय सरकार हो सरकाले निति र्निमाण गरेर सहयोग गर्छ । बादि समुदायले आफनो कार्यक्रमको खाका बनायर ल्याउनु होस् । शुक्रबार बर्दियाको राजापुरमा आयोजित सामाजिक न्याय आत्मसम्मान सशक्तिकरण र रुपान्तरणका लागी सामुदायिक अभियान भन्ने नाराका साथ सार्वजानिक सेवा र भु स्वामित्व माथि बादि समुदायको पहुच विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनकला चौधरीले समुन्नत समाजको निर्माणका लागी सबैले आ–आफनो ठाउबाट सहयोग गर्नुपर्ने भन्दै बादि समुदायहरुलाई सार्वजनिक सेवाप्रवाहमा स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । अब स्थानिय सरकारले भुमि ऐनको व्यबस्था गरी भुमिबाट बन्चीत भएका व्याक्तीहरुलाई भुमिको अधिकार दिलाउन लागीरहोको तर केन्द्र सरकार प्रदेश सरकारले भुमि ऐन नल्याउदा स्थानिय सरकारमा ढिलो भएको बताउनु भयो । अन्तरक्रृया कार्यक्रममा धारणा राख्दै धेरै बादि समुदायका सदस्यहरुले आफहरुको घर नभएको तर बादिको नाममा आएको जनता आवास अरुले रज्याँइ गरेको भन्दै स्थानिय सरकारले  चासो राख्न माग गरेका छन्  यस्तै बादि समुदायलाई गास बासको व्यबस्था सहित बादि समुदायका महिलाहरुलाई ३५ बर्ष पुरा भएपछि एकल महिला सो सरह सामाजिक भत्ता दिनुपर्ने राजापुर नगरपालीका ४ नं वडा सदस्य तथा बादि नेता रजनि नेपालिले माग गर्नुभयो । कार्यक्रमको उदेश्यबारे प्रकाशपार्दै सामाजिक सशक्तीकरण् तथा रुपान्तरण   कमिट नेपालका कार्यक्रम निर्देशक केशव नेपालिले २०६४ साल बाट राजापुरमा सुचिकूत भएर बादि समुदायका बालबालीका र समग्र बादि समुदायको बिकासमा कामगर्ने उदेश्यले अर्को चरणको कार्यक्रम शुरु गरिएको बताउनु भयो  । कार्यक्रममा आज बादि समुदायका १५ जना बिध्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरियो । कमिट नेपालका अध्यक्ष प्रकाश नेपालिको अध्यक्षतामा  कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा वादी समुदायका विद्यार्थी वालवालिकालाई नगर प्रमुख शिव प्रसाद चौधरी र उप प्रमुख मनकला कुमारी चौधरीले स्टेशनरी प्रदान गर्नुभएको थियो ।

Comments