बर्दियाको राजापुरमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढिले सेवा लिए

बर्दियाको राजापुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा झण्डै ३ सय भन्दा बढि बिरामीहरुले सेवा लिएका छन् । करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुरको सहयोगमा राजापुरमा तत्कालिन गणेश बाबा बोर्डिङ्ग स्कुलका पूर्व विदार्थीहरुको समुहले आयोजना सो शिविरमा जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए । राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्यका साथ आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा भएको हो । शिविरमा फिजिसियन डा. संकेत रिसाल, डा.पारस श्रेष्ठ , स्त्रीरोग बिशेषज्ञ डा. नवीन बुढाथोकी, न्युरो सर्जन डा. हरी पौडेल डा. मुकेश चौधरीको टिम रहेको थियो। यो शिविरमा चेकजाँच र औषधी निःशुुल्क गरिएको शाहले जानकारी गराए । सो स्कुलका पुर्व शिक्षक तथा सहपाठीमा समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जनाइएको छ ।  शिबिरमा निशुल्क स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी वितरण गरिएको थियो । शिविरबाट राजापुरवासी लगायत सेवाग्रहीले खुशी व्यक्त गरेका छन् ।

Comments