ईलाका प्रहरी कार्यालयलाई ४ वटा प्रहरी बिट हस्तान्तरण


मानपुर टपरा / सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय राजापुर बर्दियालाई यूनिक नेपालले ४ वटा प्रहरी बिट हस्तान्तरण गरेको छ । शनिबार राजापुर न.पा. ६ मानपुर टपरामा एक कार्यक्रमका विच यूनिक नेपालका संस्थापक संरक्षक तथा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.गोपाल दहितले बिट हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै डा.दहितले यूनिक नेपालले हरेक क्षेत्रमा आफ्ना सेवाहरु दिदैआईरहेको बताउनु भयो । यतिबेला यूनिक नेपालले आफ्नै आन्तरिक सहयोगबाट ४ वटा बिटहरु हस्तान्तरण गरेको बताउनु भयो । ईलाका प्रहरी कार्यालय राजापुरले आगामी दिनहरुमा यी बिटहरुको सही सदुपयोग गरोस् र आगामी दिनहरुमा पनि थप सहयोगहरु प्रदान गरिने  भन्दै शुभकामना व्यक्तगर्नुभयो । त्यस्तै राजापुर नगरपालिका भित्रका २ सय जना विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उहाँले बताउनु भयो ।  स्थानीय स्तरमा विकास निर्माणका कार्यहरु गर्दै जनताहरुको सुरक्षालाई अँझैं बलियो बनाउन यूनिक नेपालले राजापुर क्षेत्रका विभिन्न स्थानहरुमा प्रहरी बिट संचालनका लागि हस्तान्तरण गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक राधेश्याम सिंह यादवले आगामी दिनमा सुरक्षा व्यवस्थाका निम्ती थप प्रयासहरु गरिने बताउँदै बिट हस्तान्तरणका लागि धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा बोल्दै बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले यूनिक नेपालले जनताको सुरक्षाका लागि प्रदान गरेको सेवा प्रति धन्यवाद दिदैं आगामी दिनमा ईलाका प्रहरी कार्यालय राजापुरले प्रत्येक बिटमा प्रहरी परिचालन गर्नु पर्ने बताउनु भयो । अध्यक्ष रेग्मीले भन्नुभयो सुरक्षाका दृष्टिले अति आवश्यक गेरुवा गाउँपालिकाको बालाबजार क्षेत्रमा सकेसम्म प्रहरी कार्यालय र तत्काल नसकिने भए प्रहरी बिट स्थापना गर्नुपर्छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले यूनिक नेपालले सुरक्षाका लागि गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो स्थानीय क्षेत्रमा थप सुरक्षाका चुनौतीका वावजुद पनि प्रहरी सुरक्षा बलियो बनाउन यो बिटले श्रहानिय कार्य गरेको छ ।     यूनिक नेपालका अध्यक्ष प्रेम चौधरीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा संस्थाका संरक्षक तथा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. गोपाल दहित प्रमुख अतिथी रहनु भएको थियो । त्यस्तै अतिथीहरुमा बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मी,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल,अनुसन्धान आयोगका अर्जुन सुनार,समाजसेवि लोकराज जैसी,रामप्रसाद ढुंगाना लगायतको उपस्थिती रहेको थियो । 

Comments