Posts

Showing posts from March, 2020

राजापुर र गेरुवाका लागि ५० हजार मास्क आउँदै

Image
जनता समाचार १७,चैत्र / प्रदेश नं. ५ का साँसद दिपेश थारुले राजापुर र गेरुवा क्वारेन्टाइनका लागि मास्क तथा पन्जा हस्तान्तरण गर्नु भएको छ । क्वारेन्टाईनमा आउने नागरिक,स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुलाई मास्क र पन्जा अतिआवश्यक भएकाले तत्कालका लागि १ हजार थान मास्क र १ सय थान पन्जा हस्तान्तरण गरिएको साँसद थारुले बताउनु भयो ।     विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको होम लकडाउन को समयमा विभिन्न थप सहयोगहरु गर्ने उहाँले भन्नुभयो । बुधबार थप २० हजार मास्क राजापुर र गेरुवाका लागि मगाइएको साँसद थारुले जनता समाचारलाई बताउनु भएको छ ।

राजापुर क्वारेन्टाईनमा बाहिरबाट आउने बढ्दै

Image
शक्ति परियार १७,चैत्र/बर्दियाको राजापुरमा जिल्ला तथा छिमेकी मुलक भारतबाट आउनेहरु बढ्दै गएका छन् । सरकारले जारी गरेको होम लकडाउनको अवधी ७ दिन थप गरिएपछि जिल्ला भन्दा बाहिरबाट आउनेहरुको संख्या बढ्दै गएको हो । राजापुर क्षेत्रबाट काठमाडौं,पोखरा,स्याङ्गजा,बुटवल,नेपालगंज,सुर्खेत,नवलपरासी लगायतका स्थानमा काम गर्न गएकाहरु लकडाउनको अवधी थप गरिएपछि खाई नखाई गरी घर फर्किने क्रम बढेको छ ।     विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको उच्च सतर्कता अपनाउँदै व्यापारी तथा स्थानीयले अन्यत्रबाट आउनेहरुदेखि टाढा बस्न थालेपछि यात्रुहरुलाई निकै नै सास्ती खेप्नु परेको छ ।     राजापुर क्षेत्रमा अन्यत्रबाट आएकाहरुलाई राजापुर नगरपालिका स्थित क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो । सोमबार लकडाउनको सातौं दिन मात्रै २ सय ५० भन्दा बढिको संख्यामा नागरिकहरु राजापुर क्षेत्रमा प्रवेश गरेका छन् । लकडाउन भइरहेका बेला अन्यत्र कामका लागि गएका राजापुर क्षेत्रका बासीहरुलाई घरसम्म पु¥याउने व्यवस्था गरिएको प्रदेश नं.५ का साँ...

राजापुरमा २० शैयाको क्वारेन्टाईन स्थापना गरिदैं

Image
जनता समाचार १३,चैत्र/ राजापुर नगरपालिकाले स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दै राजापुरमा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख शुनिल दत्त, राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त राज अधिकारी स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, ईलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी बलका प्रमुखहरुको संयुक्त आपतकालीन बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । अमरशहिद बहुमुखी क्याम्पसको भवनमा , २० शैयाको क्वारेन्टाइन बनाउन सुरु गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो । यस अघि यहाँको प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालीका स्थीत आपतकालीन भवनमा आइसुलेसन कक्ष निमार्ण कार्य सुरु भैसकको  स्वास्थ्य अधिकृत गणेश अर्याल ले बताउनु भएको छ ।

यूनिक नेपाल बर्दियाले २ सय विद्यार्थीलाई १४ लाख वितरण ग¥यो

Image
राजापुर बर्दिया युनिक नेपाल बर्दियाले राजापुर क्षेत्रका २ पालीका राजापुर नगरपालिका र गेरुवा गाँउपालीका का २ सय जना बिध्यार्थीहरुलाई छात्रबृती बितरण गरेको छ । १४ विद्यालयका कक्षा १० मा अध्ययन गर्ने गरिव, २ जेहेन्दार,अपाङ्गता आदीबासी जनजाती भएका बिध्यार्थीहरुलाई जनही ७ हजारका दरले कुल १४ लाख रुपैया छात्रबृती बितरण गरिएको हो । पूर्व भुमिसुधार मंत्री तथा युनिक नेपालका संरक्षक डा। गोपाल दहितले छात्रबृती बितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन ग्रर्दै यस क्षेत्रका विध्यार्थिहरु को शिक्षालाई मध्यनजर गरी आगामि दिनहरुमा छात्रबृती रकम बढाउदै लैजाने डा। दहितले प्रतिवद्धता जनाउनु भयो । युनिक नेपाल बर्दियाले जिवी कोपार्जनकालागी किसानहरुलाई आयमुलक अनुदान दिनुका साथै निशुल्क रुपमा बिभिन्न लोकसेवा तयारी कक्षाहरु समेत संचालन गर्नका लागी १० लाखको पुस्तकको व्यावस्था गरेको र चाँडो भन्दा चाँडो कक्षा संचालन गर्ने बताउनु भएको छ । राजापुर नगर पालिका वडा नं. २ नयाँगाउमा आयोजना गरिएको छात्रबृती बितरण कार्यक्रमका सभापति युनिक नेपालका अध्क्षय प्रिम बहादुर थारु प्रमुख अथिति पूर्व भुमिसुधार मंत्री त...
Image
नेपालको निर्वाचन अन्य मुलुकभन्दा उत्कृष्टः जिल्ला अधिकारी लामिछाने राजापुर २९,फाल्गुन /बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालको निर्वाचन पद्धती अन्य मुलुक भन्दा उत्कृष्ट रहेको बताउनु भएको छ । बर्दियाको राजापुरमा आयोजित निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामिछानेले नेपालको निर्वाचन अँझै प्रकावकारी बनाउनका लागि विभिन्न समयमा सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । बिगतका मतदानहरुमा  दिनमा धेरै मत बदर भएको कुरालाई मध्य नजर गर्दै प्रमुख लामिछानेले कार्यक्रमबारे प्रष्ट पार्दै इलेक्ट्रोनिक भोटिङ मेसीन बाट निवार्चन गराउँदा प्रभावकारी हुन्छकी भन्ने बारे सरोकारवालाहरुबाट उठेका बिषयहरुलाई निवार्चन आयोगले मार्गनिर्देशका रुपमा लिनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले ईलाका प्रशासन कार्यालयले नियमित संकलन गर्दै आएको मतादाता नामावली संकलन कार्यक्रम नियमित राख्नुपर्ने धारणा गर्नुपर्ने बताउनु भयो । कोही छिमेकी राष्ट्र भारत बाट घर फर्कने र शिवीरबाट लाभ लिन नसक्न...

राजापुर प्रिमियर लिग सुरु

Image
राजापुर प्रिमियर लिग सुरु आईतबार भएको पहिलो खेलामा ग्यालेक्सी स्टारका रमेश ढुंगाना भए म्यान अफ द म्याच राजापुर / राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत श्री बागेश्वरी ग्यालेक्सी स्टार र राजापुर राइनोज बिच आइतवार भएको पहिलो खेलमा श्री बागेश्वरी ग्यालेक्सी स्टार विजयी भएको छ ।टस जितेर ब्याटिङग को निम्तो दिएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले राजापुर राइनोजलाई २० ओभरको खेलमा ९ विकेट लिदैँ ९४ रनमै समेटेको थियो ।राजापुर राइनोजका तर्फ बाट धिरेन्द्र बर्माले ३६ र सागर घिमिरे ले १५ रनको योगदान दिएका थिए भने श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश सिंह ठकुरिले २ विकेट र सैगात खत्री र सागर सेनले समान १ विकेट लिएका थिए ।९५ रनको झिनो लक्ष्य पाएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले १७.४ ओभरमा ४ विकेट गुमाई जित हासिल गरेको थियो श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुङ्गाना ले ४१ रन नटआउट रमेश सिंह ठकुरी ले २२ रन र गणेश पुनले १२ रन नटआउट बनाएका थिए त्यस्तै राजापुर राइनोजका धिरेन्द्र बर्मा र रेगन रेग्मी ले समान २/२ विकेट लिन सफल भएका छन ।प्रतियोगितामा सर्वाधिक ४१ रन बनाउन...
Image
थरुहट थारुवानको बन्दका कारण तराईको जनजीवन प्रभावित बर्दिया। थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण बर्दिया, कैलाली, कञ्चनपुर,  बाँके, दाङसहितका तराईका जनजीवन ठप्प भएको हो।बन्दका कारण  बर्दिया ,  सुदूरपश्चिम प्रदेशको राजधानी  कैलाली पनि प्रभावित भएको छ । बन्दका कारण बर्दिया, धनगढी बाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्पको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।तर प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन ।यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढीमा अलपत्र परेका छन । बन्दको पूर्व सन्ध्यामा मोर्चाले तराईको विभिन्न जिल्लामा मसाल जुलुश प्रदर्शन समेत गरेको थियो...
Image
अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेल र उपाध्यक्ष न्यौपाने पक्राउ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुढानिलकण्डस्थित यूरो किड्सबाट विनाकारण पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई महाराजगञ्जस्थित प्रहरी कार्यालयमा राखिएको बुझिएको छ । संगठनका महासविच पेशल दाहालले मंगलबारै एक वक्तव्य जारी पक्राउ गरिएका नेताहरुको अविलम्ब रिहाईका लागि जोडदार माग गरेका छन् । जारी वक्तव्यमा नेताहरुको रिहाइका लागि आज महाराजगञ्ज प्रहरी कार्यालय अगाडि धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको छ । केही दिनअघि पनि एमसीसी सम्झौताको खारेजी र अतिक्रमित भूमि फिर्ताको माग गर्दै गरको विरोध प्रदर्शनमा पनि हस्तक्षेप गरी अध्यक्ष गजुरेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
Image
कोरोना भाइरसका कारण दश दलीय मोर्चाद्वारा २२ गते गर्ने भनिएको संसद भवन घेराउ कार्यक्रम स्थगित काठमाडौं । कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजर गर्दै दश दलीय मोर्चाद्वारा २२ गते गर्ने भनिएको संसद भवन घेराउ कार्यक्रम हालका लागि स्थगित गरिएको छ । दश दलीय मोर्चाले अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी सम्झौताको खारेजी र भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत अतिक्रमित भूमि फिर्ताको माग गर्दै २२ गते संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । दश दलीय मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले मंगलबार एक वक्तव्य जारी गरी २२ गतेको उक्त कार्यक्रम हालका लागि स्थगित गरेको जनाएका छन् । वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस एउटा महामारीको रुपमा विश्वका धेरै देशमा फैलिएको र यसको संक्रमणको खतराबाट जनतामा ठूलो सन्त्रास फैलिएको विषयमा हामी जानकार छौ । नेपालमा पनि उक्त महामारीको संक्रमणको सम्भावनाबारे व्यापक जनचासो र जनसतर्कता देखिनु सकारात्मक पक्ष हो । जनस्वास्थ्य सम्बन्धी यस प्रकारको संवेदनशील र महत्वपूर्ण विषयमाथी ध्यान दिदै दश वाम ...