यूनिक नेपाल बर्दियाले २ सय विद्यार्थीलाई १४ लाख वितरण ग¥यो
राजापुर
बर्दिया युनिक नेपाल बर्दियाले राजापुर क्षेत्रका २ पालीका राजापुर
नगरपालिका र गेरुवा गाँउपालीका का २ सय जना बिध्यार्थीहरुलाई छात्रबृती
बितरण गरेको छ । १४ विद्यालयका कक्षा १० मा अध्ययन गर्ने गरिव, २
जेहेन्दार,अपाङ्गता आदीबासी जनजाती भएका बिध्यार्थीहरुलाई जनही ७ हजारका
दरले कुल १४ लाख रुपैया छात्रबृती बितरण गरिएको हो । पूर्व भुमिसुधार
मंत्री तथा युनिक नेपालका संरक्षक डा। गोपाल दहितले छात्रबृती बितरण
गर्नुभयो । कार्यक्रमलाई सम्बोधन ग्रर्दै यस क्षेत्रका विध्यार्थिहरु को
शिक्षालाई मध्यनजर गरी आगामि दिनहरुमा छात्रबृती रकम बढाउदै लैजाने डा।
दहितले प्रतिवद्धता जनाउनु भयो । युनिक नेपाल बर्दियाले जिवी
कोपार्जनकालागी किसानहरुलाई आयमुलक अनुदान दिनुका साथै निशुल्क रुपमा
बिभिन्न लोकसेवा तयारी कक्षाहरु समेत संचालन गर्नका लागी १० लाखको पुस्तकको
व्यावस्था गरेको र चाँडो भन्दा चाँडो कक्षा संचालन गर्ने बताउनु भएको छ ।
राजापुर नगर पालिका वडा नं. २ नयाँगाउमा आयोजना गरिएको छात्रबृती बितरण
कार्यक्रमका सभापति युनिक नेपालका अध्क्षय प्रिम बहादुर थारु प्रमुख अथिति
पूर्व भुमिसुधार मंत्री तथा युनिक नेपालका संरक्षक डा। गोपाल दहित ,अन्य
अथितिहरुमा थारुकल्याणकारीणी सभाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद थारु,
विद्यालयका प्रध्यानपक, पत्रकार, स्थानिय वासी, अभिभाबक,हरुको उपस्थीती
रहेको कार्यक्रमको स्वागत मन्तव्य युनिक नेपालका माहाँसचिव माहादेव
चौधरीले गर्नु भएको हो भने कार्यक्रम को संचालन युनिक नेपालका आजिवन
सदस्य नरेशलाल कुसुम्याले गर्नु भएको थिए ।





Comments
Post a Comment