राजापुरमा २० शैयाको क्वारेन्टाईन स्थापना गरिदैं
जनता समाचार १३,चैत्र/ राजापुर नगरपालिकाले स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दै राजापुरमा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख शुनिल दत्त, राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त राज अधिकारी स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, ईलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी बलका प्रमुखहरुको संयुक्त आपतकालीन बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । अमरशहिद बहुमुखी क्याम्पसको भवनमा , २० शैयाको क्वारेन्टाइन बनाउन सुरु गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो । यस अघि यहाँको प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालीका स्थीत आपतकालीन भवनमा आइसुलेसन कक्ष निमार्ण कार्य सुरु भैसकको स्वास्थ्य अधिकृत गणेश अर्याल ले बताउनु भएको छ ।



Comments
Post a Comment