नेपालको निर्वाचन अन्य मुलुकभन्दा उत्कृष्टः जिल्ला अधिकारी लामिछाने
राजापुर २९,फाल्गुन /बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालको निर्वाचन पद्धती अन्य मुलुक भन्दा उत्कृष्ट रहेको बताउनु भएको छ । बर्दियाको राजापुरमा आयोजित निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामिछानेले नेपालको निर्वाचन अँझै प्रकावकारी बनाउनका लागि विभिन्न समयमा सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । बिगतका मतदानहरुमा  दिनमा धेरै मत बदर भएको कुरालाई मध्य नजर गर्दै प्रमुख लामिछानेले कार्यक्रमबारे प्रष्ट पार्दै इलेक्ट्रोनिक भोटिङ मेसीन बाट निवार्चन गराउँदा प्रभावकारी हुन्छकी भन्ने बारे सरोकारवालाहरुबाट उठेका बिषयहरुलाई निवार्चन आयोगले मार्गनिर्देशका रुपमा लिनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले ईलाका प्रशासन कार्यालयले नियमित संकलन गर्दै आएको मतादाता नामावली संकलन कार्यक्रम नियमित राख्नुपर्ने धारणा गर्नुपर्ने बताउनु भयो । कोही छिमेकी राष्ट्र भारत बाट घर फर्कने र शिवीरबाट लाभ लिन नसक्ने भएकाले मतदाता नामावली संकलन कार्य नियमित राख्नुपर्ने नगर प्रमुख चौधरीले खाँचो अ‍ैल्याउनु भयो । कार्यक्रममा सरोकारवालाले आयोगले सुझावका रुपमा उठाएका नेपालमा इलेक्ट्रोनिक भोटिङ मेसीन प्रणाली, मतदान स्थलमा मतगणना, म भोट दिन्न र गैर आवाशीय नेपालीहरुको मताधिकार बारे आ–आफ्नो धारणा राखेका थिए  । कार्यक्रममा राजापुर नगरपालीकाका उप–प्रमुख मनकला कुमारी चौधरी नेपाली कांग्रेस क्षेत्रीय सभापति नाचुराम चौधरी राप्रपाका राममणी शर्मा ,बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी नागरिक समाजका अगुवा पुनाराम चौधरी , सरकारी तथा सुरक्षा निकायका प्रमुख प्रतिनीधि, नागरिक समाज, संघ सँस्थाका पदाधिकारी संचारकर्मीले सुझाव दिएका दिए । आउँदो चैत्र ७ गतेदेखी स्थानिय तहका पालिकाहरुमा मतदाता नामावली घुम्ती शिवीर संचालन गर्ने भनिएकोमा  कोरोनाका कारण अर्को सुचना जारी नहुन्जेल सम्मकालागी स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बर्दियाका निवार्चन अधिकारी बुद्धी बहादुर खत्रीले निवार्चन आयोगले उठान गर्न खोजेका र बिगतका निवार्चनहरुका गर्दै आएको कामबारे कार्यपत्र पेश गर्नुभएको थियो ।

Comments