राजापुर र गेरुवाका लागि ५० हजार मास्क आउँदै



जनता समाचार १७,चैत्र / प्रदेश नं. ५ का साँसद दिपेश थारुले राजापुर र गेरुवा क्वारेन्टाइनका लागि मास्क तथा पन्जा हस्तान्तरण गर्नु भएको छ । क्वारेन्टाईनमा आउने नागरिक,स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुलाई मास्क र पन्जा अतिआवश्यक भएकाले तत्कालका लागि १ हजार थान मास्क र १ सय थान पन्जा हस्तान्तरण गरिएको साँसद थारुले बताउनु भयो ।
    विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको होम लकडाउन को समयमा विभिन्न थप सहयोगहरु गर्ने उहाँले भन्नुभयो । बुधबार थप २० हजार मास्क राजापुर र गेरुवाका लागि मगाइएको साँसद थारुले जनता समाचारलाई बताउनु भएको छ ।

Comments

Post a Comment